डिल्लीप्रसाद गौतम
भर्खरै मात्र ४१ औं राष्ट्रिय मेलमिलाप दिवस तथा वि.पी. स्मृति दिवस सम्पन्न भएको छ । खास गरी नेपाली काँग्रेसले मनाउने गरेको भएता पनि राष्ट्रिय मेलमिलाप दिवसको विशेष महत्व रहेको पाइन्छ । वि.सं. २०३३ साल पौष १६ गतेका दिन राष्ट्रनायक विपी कोइरालाको नेतृत्वमा तत्कालिन पञ्चायती व्यवस्थाका विरोधमा स्वदेश तथा विदेशमा बसी गरीएका आन्दोलनले राष्ट्र, राष्ट्रियता तथा स्वाधिनता माथि नै गम्भिर आघात पर्न लागेको ठहर गरि आफ्नो ज्यानको बाजि लगाएर स्वदेश फर्केको दिन पौष १६ लाई नै राष्ट्रिय एकताको रुपमा मनाउदै आएको पाइन्छ । तत्कालिन अवस्थामा पञ्चायती व्यवस्थाको विरुद्ध ट्रेडियको आन्दोलनमा काँग्रेसका कैयन नेता कार्यकर्ता विरुद्ध जेल नेल तथा मृत्युदण्ड सम्मका सजाय हुने अवस्था थियो । राज्यको निरंकुशताले सिमा नाघि रहेको अवस्थामा जन नायक विपी कोइरालाको परिवार सर्वश्व सहित कठोर सजायको कारण विदेश निर्वासित थियो ।
विपी कोइरालाले विदेशमा नै रहेर तत्कालिन पञ्चायती व्यवस्था र तिनका शासक विरुद्ध आन्दोलन चलाई रहेका बेला देशमा वैदेशिक हत्तपत्तले सिमा नाघ्न थालिरहेको आभाष विपी कोइरालालाई भयो । विपी कोइरालाई राष्ट्र भन्दा आफु अथवा शासन व्यवस्था परिवर्तनको विषय हुन नसक्ने आभाष भयो । तसर्थ राष्ट्रप्रेमको भावनाले ओतप्रोत भै आफु विरुद्धका दजर्नौ राज्य दोह देश दोहका मुद्दालाई पर्वाह नगरी स्वदेश फर्किएको दिनलाई नैðÈ नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा प्रत्यक्ष वर्ष मनाउँदै आईरहेको छ । राष्ट्रिय मेलमिलाप दिवसकै अवसरमा यस वर्ष पनि कैयन औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना भए । यसै क्रममा राजधानीमा पनि छुट्टा छुट्टै २ वटा औपचारिक कार्यक्रम सम्पन्न भएका छन् । खासगरी राष्ट्र निर्माण र राष्ट्रिय स्वाधिनताका लागि शत्रुपक्षसँग पनि मिलेर जान सकिन्छ भन्ने आशय नै राष्ट्रिय मेलमिलाप दिवसको हो ।
तर यहाँ त्यसको ठ्याक्कै उल्टो देखिएको छ । राजधानीकै प्रमुख २ औपचारिक कार्यक्रममा २ प्रमुख नेता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा गृहमा र अर्का नेता प्रकाश मान सिंहले असन्तुष्ट पक्षको नेतृत्व गर्दै त्रिचन्द्र क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् । यसरी प्रमुख २ नेताले राजधानीमा नै एकै प्रकृतिका कार्यक्रमलाई फरक ढङ्गले सम्बोधन गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । खास गरी राष्ट्रिय मेलमिलापको अर्थ विगतमा कुनै कारणवश एक आपसमा तिक्तता रहेको भएता पनि यसै दिनको अवसर पारेर एकै ठाउँमा हुने र विगतका तिता मिठा विर्सेर नयाँ सिराबाट अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्ने दिने हो । राष्ट्रिय मेलमिलाप दिवस तर यहाँ त्यस्तो भएको छैन उक्त दिनको अवसरमा पार्टि भित्र मौलाएको गुट, उपगुट तथा व्यक्तिवादी चरित्रलाई थप मलजल गरिएको छ । अन्तपार्टी सम्बन्धलाई समेत गाडा बनाउने गरि मनाउनु पर्ने मेलमिलाप दिवस आन्तरिक असन्तुष्टिलाई व्यक्त गर्ने चौतारीको रुपमा प्रयोग भएको छ । यहाँ एकातिर काँगे्रस आन्तरिक दलदलमा फसीरहेको छ । भने देशले संक्रमणबाट अझै उन्मुक्ति पाइसकेको अवस्था छैन । दल–दलहरु बिच दलिय सहमति अनुसार अगाडि बढ्नु पर्नेमा आन्तरिक खिचातानीमा अल्झिरहेको छन् । संघिय संरचनानुसार राज्यका तिनै तहको निर्वाचन सम्पन्न भै वामगठबन्धनको नेतृत्वले बहुमत प्राप्त गरी सरकार गठनको प्रक्रियामा रहेता पनि कुनै दलको बहुमत नहुँदा र गठबन्धताबिच आपसी भागवण्डा नमिल्दा सरकार गठनमा सकश देखिएको छ ।
बिना प्रक्रिया बाम गठबन्धनको नेतृत्वकर्ता एमाले सरकारमा जान हतारिएको छ भने सरकारको नेतृत्वकर्ता काँग्रेस कुनै न कुनै रुपमा भए पनि सत्ता लम्बाउने खेलमा लागेको भनि गठबन्धनबाट आरोप लगाइएको छ । उता निर्वाचन आयोजले समेत राष्ट्रिय सभा गठन पश्चात मात्र आफ्नो चुनावी नजिता प्रकाशित गर्ने बताए पश्चात गठबन्धनको सरकार बनाउने हतारोमा तुषारापात भएको छ । दलहरुबिचको राष्ट्रिय सभा गठन पश्चात मात्र आफ्नो चुनावी नतिजा प्रकाशित गर्ने बताए पश्चात गठबन्धनको सरकार बनाउने हतारोमा तुषारापात भएको छ । दलहरुबिचको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गरे पश्चात टुङ्गिएको छ । दलहरु तथा कानुनविदहरुले समेत आ–आफ्ना दलको स्वार्थ अनुरुप कानुनको व्याख्या गरिदिनाले पनि कानुन कार्यान्व्यनमा जटिलता पैदा गरिदिएको छ । देशमा संघिय संरचना अनुसारको ३ तहको चुनाव सम्पन्न भएता पनि स्थानिय तथा प्रदेशको भौतिक पुर्वाधार, आवश्यक नियम कानुन र प्राकृतिक साधन र श्रोतको बाँडफाँड तथा प्रयोग अनि प्रदेशको केन्द्र जस्ता विषयमा दलिय सहमति आवश्यक छ । तर दलहरु एक आपसमा मतभेद गरि रहँदा ति विषय टुङ्गोमा पु¥याउन कठिन छ । तर निर्वाचन पश्चात लामो समय सत्ताको बागडोर सम्हालेको काँग्रेस पराजित मानशिकताबाट गुज्रिएको र आन्तरिक विवादमा फसेको छ भने विजय प्राप्त गरेको बाम गठबन्धन विजयको रागमा सरकारमा पुग्न हतारिरहेको छ । त्यसैले विधिसम्मत निर्वाचन परिणाम आउन्जेल सम्म विजयी दलले धैर्यता गुमाउनु हुदैन भने आफुलाई लोकतान्त्रि दलको हिमायती बनाउने काँग्रेस र खास गरि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा ले पनि विधि सम्वत सहज रुपमा सत्ता हस्तान्त्रण गर्नु पर्दछ । विद्यमान देशका चुनौति सामना गर्नको लागि प्रमुख दलहरु एक आपसमा मिल्नको विकल्प पनि छैन । अब प्रसङ्ग रह्यो नेपाली काँग्रेसको आन्तरिक व्यवस्थापनको ।
साच्चिकै काँग्रेस अहिले मियो बिनाको दाई जस्तै भएको छ । अरुलाई प्रजातन्त्रको पाठ सिकाउने काँग्रेस आफैमा प्रजातान्त्रिक हुन सकि रहेको छैन । पार्टी भित्र आन्तरिक प्रजातान्त्रीक अभ्यासको अभाव छ । गुट–उपगुट र नाता–कृपावादले काँग्रेस अहिले खोक्रो र अहङ्कारी बनेको छ । विपी वादको खोल ओडेर पार्टीमा आडम्बरीपनले खोक्रो बनाएको छ । प्रजातन्त्र प्राप्ति पश्चात मोटा घाटा तथा सुकिला र चिल्ला गाडिका भोगीहरु अहिले पार्टिको सिद्धान्त भन्दा बाहिर गएर पार्टिको बदनाम गरिरहेका छन् । नीति र नेतृत्वले भन्दा पार्टी व्यक्तिवाद र परिवारवादले चलिरहेको छ । विपीका विचार काँग्रेसले भन्दा काँग्रेस इतर दलले प्रयोगमा ल्याई रहेका छन् । काँग्रेस खोक्रो विपी वादमा अल्झिरहेको छ । तसर्थ अब नेपाली काँग्रेसमा आमुल परिवर्तनको खाँचो छ । विगतको स्थानिय निकाय देखि भर्खरै मात्र सम्पन्न प्रदेश तथा संघको चुनावाट पाठ सिक्दै पार्टिलाई फरक तरिकाले जिवन्त दिनुपर्दछ । निर्वाचन हार जित प्रक्रियागत रुपमा स्वभाविक प्रक्रिया हो र प्रजातान्त्रवादीले यसलाई सहज रुपमा लिनुपर्छ ।
तर यस पटकको काँग्रेसको हार त्यति स्वभाविक भने पटक्कै हैन । पार्टी हारमा प्रतिपक्षीहरुले गठबनधन भन्दा नि आन्तरिक खिचातानी, मतभेद, गुट–उपगुट अनि घात अन्र्तघात प्रमुख कारण छन् । तसर्थ अब एकपटक पार्टीमा आमुल परिवर्तनको खाँचो छ । पार्टीले गाउँ–कमिटिदेखि महासमितिसम्म घनिभुत छलफल गरोस । पार्टी भित्रका धमिराको पहिचाहान गरोस र नेतृत्व असल व्यक्तित्वको जिम्मा लगाइयोस र पार्टिमा आन्तरिक मेलमिलाप कायम होस । अनि मात्र विपीको राष्ट्रिय मेलमिलाप नीतिले मुर्तरुप पाउन सक्छ न कि देखावटीले ।
Previous Articleउपत्यकामा सञ्चालित ५०% गाडी प्रदूषण जाँचमा फेल
Next Article महोत्सवको पारदर्शिता