गत एक महिना यता जिल्लाको सदरमुकामका ६ ठाउँका विभिन्न पसलमा चोरी भयो । चोरी गरेको आरोपमा यतिबेला जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । भर्खर यौवन अवस्थामा प्रबेश गरेको १६ बर्षे युवा सदरमुकाममा भएका चोरीका घटना संलग्न भएको कुरा उसँग भेटिएका सामान र चोरी भएका सामानको सक्कल एकैखालको हुनुले पुष्टि भैसकेको अवस्था छ । कतै घर वा पसल फोडेर चोरी भएको छभने कतै गाडी फोडेर चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चोरी भएको ठाउँको वा ब्यक्तिको जाहेरी र अभियुक्तको कोठाबाट प्रहरीले बरामद गरेका सामानको आधारमा चोरी गर्ने ब्यक्ति प्रहरीले पत्ता लगायो । नियन्त्रणमा रहेका ब्यक्तिमाथि म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले चोरीको जड के हो र चोरीमा संलग्न भनेर पक्राउ परेका ब्यक्ति एक्लै थिए वा उनीसँग समुह छ भन्ने कुरा पत्ता लगाउला । त्यती मात्रै हैन कसैको योजानामा यो चोरी भएको हो या आरोपी स्वयम्को एकल निर्णयमा उनी चोरीमा संलग्न छन भन्ने कुरा समेत प्रहरीकोे अनुसन्धानको गर्भ भित्रको कुरा हो । आशा गरौं त्यो कुरा छिट्टै बाहिर आउने छ ।
चोरीका घटना र चोरीको प्रकृतिलाई हेर्दा लाग्छ उ ब्यक्ति एक्लै चोरीमा संलग्न छैन् किनकि चोरी गरेका ठाउँहरुमा आरोपीले फोडेका घरका ढोकाका लगाएका ताल्चा, फोडेका गाडीका सिसा वा तोडिएका झ्याल ढोका हेर्दा लाग्छ एक्लो प्रयासले एक ब्यक्तिले मात्रै यस्तो काम गर्न असम्भव छ । घरको पर्खाल नै भत्काएर वा झ्याल ढोका नै तोडेर चोरी गर्दा समेत अत्तोपत्तो नपाउनु चोरीका पीडितहरको पनि कमजोरी हो । यदि उसले पहिलो चोरी गर्ने बेलामा पीडितहरुले चाल पाएको भए एक महिनाअघि नै आरोपी प्रहरीको नियन्त्रणमा हुने थियो र त्यसपछि घटेका घटनाहरु हुने थिएनन् । हामीले बाहिरीय आक्रमणबाट जोगिनको लागि आफ्नो सुरक्षाको प्रबन्ध पनि राम्रो गर्न जरुरी छभने यस्ता खालका चोरी, लुटपाट जस्ता घटनाहरुको सामना गर्न परिवार, र छिमेकमा समेत साममुहीक सामनाको तथा प्रतिवादको रणनीति तयार गर्न जरुरी छ । लामो समय नसुनिएका चोरीका घटना बागलुङमा सुनिदा नौलो घटना जस्तो रुपमा देखीएको छ ।
चोरीमा संलग्नले चोरेका सामानहरुको प्रकृति हेर्दा लाग्छ उ पेशेवर चोर नभएर लहैलहैमा चोरीमा संलगन भएको जस्तो देखिन्छ । खेलौना, बाजाका सामानहरु र बिना सहिका चेक–बुक चोरी हुन् भनेको लहै–लहैको सिकार भएर चोरी जस्तो अपराधमा संलग्न हुनु हो । हामीले हाम्रा छोराछोरीलाई सामान्य तया सामाजिक अपराध, सामाजिक बेइज्ती र सामान्य कानुन तथा पारिवारिक सतर्कता गराउन नसक्दा सानो उमेरका बालबालिका तथा यौवनअवस्थामा रहेका युवाहरु सामाजिक अपराधमा फस्दै गएका छन् । परिवारको हेलचक्राईंका कारण कुलत र अपराध जस्ता क्षेत्रमा फसेर आफनो सुनौलो भविष्य खतरामा पारेका यस्ता युवाहरुलाई सचेत गराउँदै सामाजिक अपराध कम गर्न नागरिक स्तरमा चेतनाको विकास गर्न जरुरी छ । घटना पछिको कारवाई भन्दा पनि घटना घट्न नदिने बाटोको खोजीमा सम्बन्धित निकाय लागोस् ।
Previous Articleहाइड्रोजन बमदेखि जेरुसेलमसम्म
Next Article स्थानीय पहलमा कल्भर्ट पुल निर्माण