बागलुङ, १२ पुस – जिल्लाको निसिखाेलामा ५ केजी चरेस सहित एक जना पक्राउ परेका छन् । निसीखोला गाउँपालिका–५ भल्कोटबाट बुर्तिबाङ तर्फ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको यात्रु बाहक बसबाट ईलाका प्रहरी कार्यालय झिवाखोलाले करिब ५ किलो चरेस सहित निसीखोला गाउँपालिका–५ निसीका ३० वर्षिय खिमबहादुर घर्तीलाई पक्राउ गरेको छ ।
प्रहरी नायव निरिक्षक रिमबहादुर बैदवारको टोलीले गाडी चेक जाँच गर्ने क्रममा झोलामा चरेस भेटिएको निरिक्षक बैदवारले जानकारी दिए ।पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भैरहेको र बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाउने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिए ।
Previous Articleवसन्त पर्वपछि सीको ‘सरप्राइज’ नेपाल भ्रमण ?
Next Article नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने !