काठमाडौं, ११ पुस-मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभासदस्य निर्वाचनमा वाम गठवन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी भगवती चौधरीले मतगणना परिणाम बदर गरि दोहोर्याएर मतगणनाको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी छन्।
सर्वोच्च अदालतको सवैधानिक इजालासमा दर्ता गराइएको उजुरी पत्रमा चौधरीले निर्वाचन आयोग केन्द्रीय कार्यालय बहादुर भवन, मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वान क्षेत्र नम्बर ३ , निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरे र दुहबी नगरपालिका वडा नम्बर २ घर भएका सो निर्वाचन क्षेत्र नम्बरबाट विजयी भएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विपक्षीय बनाइएको छ।
सर्वोच्चमा मुद्धा दर्ता पछि पराजित चौधरीले भनिन्, ‘गच्छदारले निर्वाचन अधिकृत घिमिरे, प्रहरी प्रशासन सबै किनेर ठूलो धाँधली गरेका छन् ।मैले सप्रमाण सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छु। सर्वोच्चबाट न्याय पाउने छु भन्ने पूर्ण विश्वास लिएको छु।’
पुनःमतगणनाको माग गर्दै भगवतीद्वारा सर्वोच्चमा मुद्दा दर्ता
Previous Article११ पुस २०७४, ढोरपाटन दैनिक
Next Article पश्चिमी वायु सक्रिय, हिमपातको सम्भावना