मंसिर १० गते सम्पन्न निर्वाचनको केही दिन पहिला मात्रै हेरफर भएका प्रहरी उपरिक्षकहरु च्रन्द्र कुबेर खापुङ र हिमालय कुमार श्रेष्ठ चर्चामै रहेका बेला पुनःस्थानान्तरण भएर जिल्लाको सुरक्षा बागडोर सम्हाल्न प्रहरी उपरिक्षक दिपक रेग्मी आएका छन् । लामो समय तालिम केन्द्रमा प्रशिक्षकको भुमिका र त्यसको दोब्बर समय अपराध अनुसन्धानको क्षेत्रमा रेग्मीले काम गरेका छन् । आगूऔषध गाजा चरेसका घटनाले समेत चर्चामा रहेको जिल्लामा सुरक्षाको बागडोर सम्हाल्नेहरुको लागि त्यत्तिकै चुनौती छ भनेर आँकलन गरिन्छ । पुराना चर्चामा रहेका घटना लगायत जिल्लामा जघन्य अपराधका घटनाहरु समेत भएर त्यसका दोषी पत्ता लाग्न नसकेका अवस्थामा प्रहरी उपरिक्षक रेग्मीको सुरक्षा नेतृत्वलाई चासोका साथ हेरिएको छ ।
तीन बर्ष पहिला हरितालिका तिजको समयमा जिल्ला सदरमुकाम नजिकै भएको रुपा गौतम हत्या काण्डका दोषी अहिले सम्म पत्ता लाग्न सकेका छैनन् । यो पुरानो घटनाको अलवा रेग्मी जिल्ला आएलगत्तै जिल्लाको पस्चिम भिमगिठेमा एक जना अपांग महिलोको बलात्कारपछि बिभत्स हत्या भएको छभने पूसको पहिलो साता मात्रै जिल्लाको निसीखोलामा एउटा नवजात शिशु प्लाष्टिकमा पोको पारेर फालेको अवस्थामा भेटिएको छ । सामान्य घटनाहरुका बाबजुद यस्ता खालका जघन्य अपराधमा गनिने घटनाले जिल्लाको सुरक्षा ब्यबस्थामा थप चुनौती थप्दै लगेको कुरालाई सम्बन्धीत पक्षले नजरअन्दाज गर्न मिल्दैन् । लामो समय बितिसकेको रुपा गौतम हत्या काण्डका दोषीको समेत पत्तो लगाउने सार्वजनिक घोषणा गरेका प्रहरी प्रमुखलाई जिल्ला प्रबेशको पहिलो खड्मा नै आई लागेका दुई वटा जघन्य अपराधले थप चुनौती दिएका छन् । सस्तो लोकप्रियताको लागि घोषणा गरिनुभन्दा काम गरेर देखाउने प्रबृत्तिको जिल्लामा मात्रै हैन देशका हरेक कुना–कुनामा प्रचलन रहेको छ । प्रहरी सेवाबाट सुरुवात हुने जघन्य अपराधको सोधीखोजी मात्रै हैन देशका हरेक क्षेत्रमा लोकप्रियताका लागि बोल्ने र काम सुन्यमा नै बिदाई हुने परिपाटी विकास भैरहेको छ ।
यो जटिल घडीमा जिल्लाको सुरक्षा संयन्त्रको नेतृत्व गरेका उपरिक्षकले आफ्नो काम गर्छन या गर्दैनन् त्यो त समयले देखाउला तर जिल्लामा भएका अपराधका घटनाले भने जिल्ला बासीलाई तर्साईरहेको कुरा नजर अन्दाज गर्न सकिन्न । जिल्लामा भएका जघन्य तथा सामाजिक अपराधका घटना सुरक्षा प्रमुखका मात्रै चुनौतीका बिषय हैनन् । यि र यस्ता खालका घटना आम जिल्लाबासीका समेत चुनौतीका बिषय हुन् । अपराधका घटनामा कमी ल्याउन भएका घटनाका दोषीहरुलाई कार्वाहीको दायरामा लयाएर हदैसम्मको कार्वाही गर्नु आवस्यक छ । यसको लागि कुनै संगठन वा कुनै प्रशासनिक निकाय मात्रै हैन आमसर्बसाधारणको चासो र खोजीको बिषय बन्न जरुरी छ । उच्च सुरक्षा चुनौती रहेको बेला एक जना प्रशासकको एक्लो प्रयास शुन्यता उन्मुख हुन्छ । प्रहरी वा प्रशासकलाई सघाउँदै शान्तिपुर्ण र अपराधमुक्त समाजको निर्माणमा आमसर्वसाधारणको समेत ठुलो भूमिका हुन्छ ।
Previous Articleनेपालमा गरिबीको मापन
Next Article यसरी अगाडी बढ्दैछ ताराखोला गाउँपालिका