काठमाडौँ, ८ पुस – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू हलो जोत्ने किसानको छोरो भएको र आफूले पनि हलो जोतेको हुनाले दम्भ प्रदर्शन गर्न नजान्ने बताएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूमा शासकीय स्वभाव नभएको बताएका हुन्।
‘हलो जोतेको मान्छेको छोरो हुँ र हलो जोतेकै मान्छे हुँ। मैले के को दम्भ देखाउनु नि?’ बडेगाउँमा आयोजित सो कार्यक्रमा ओलीले भने, ‘गाई भैँसी चराएर हुर्किएको हुँ। म कोदालो खनेको मान्छे हुँ। मसँग केको दम्भ हुन्छ र ?’
आफू गाईभैँसी चराएर हुर्किएको मानिस भएको बताउँदै उनले थपे, ‘ममा शासकीय स्वभाव छैन। म त शासक होइन सेवक हुने हो।’ उनले राणा शासन अन्त्यका लागि कृष्णप्रसाद भट्टराईको योगदानको चर्चा गर्दै भट्टराईसँग आफ्नो तुलना हुन नसक्ने बताएँ।
कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष ओलीले कांग्रेसका संस्थापक नेता किसुनजीसँग आफ्नो कहीँ कतै तुलना नहुने बताए । ‘उहाँसँग मेरो कुनै पनि रुपमा तुलना हुन सक्दैन,’ ओलीले भने, ‘जहानियाँ राणा शासनबाट देशलाई नयाँ युगमा ल्याउने किसुनजीहरु नै हुनुहुन्छ । संसदमा उहाँसँगै बस्ने मौका पाएको थिएँ । उहाँ साह्रै सर र खुल्ला हृदयको व्यक्ति हुनुहुन्थ्यो ।’
ओलीले आफ्नो आयु निश्चित रहे पनि कसैले पिर चिन्ता लिन जरुरी नरहेको पनि प्रष्टोक्ति दिए । ‘मेरो आयुको कसैले चिन्ता लिनुपर्दैन । ११ वर्षअघि किड्नी फेरेको थिएँ, कहिले निमोनिया त कहिले मेनेन्जाइटिसबाट मरिसक्यो पनि भने’, उनले भावुक हुँदै भने,’उनले भने, ‘सबैको आयुको निश्चित अवधि र सिमा हुन्छ । असीमित आयु कसैले पाएको छैन । मेरो पनि आयुको सीमा छ । तर मलाई मेरो आयुको कुनै चिन्ता छैन ।’
ओली भन्छन् – गोठालाको छोरो हुँ, कुनै दम्भ छैन, बाँचुन्जेल इमानसाथ काम गर्छु
Previous Articleमहोत्सवको आकर्षण मरुभूमिको उँट
Next Article जहाज नउडेपछि पार्टी एकता संयोजन समितिको बैठक स्थगित