बागलुङ, ५ पूस – जिल्लामा अंग्रेजी बर्ष २०१७ मा ८२ वटा मात्रै मानअधिकार हनन्का घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले मंगलबार आयोजना गरेको बार्षिक पूर्वसमिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो । गम्भिर मानवअधिकार हनन्का घटना नभएको उल्लेख गर्दै केन्द्रले घरेलु हिंसा, मिलापत्र, सम्पर्कमा नआएका, प्रक्रियामा रहेका, जर्बजस्ती करणी, करणी उद्योग, राजनीतिक अधिकार, मानव बेचबिखन र बहुबिबाह गरी ८२ वटा घटनाको आलेख रहेको जनाएको छ ।
समिक्षा कार्यक्रममा बोल्दै बक्ताहरुले जिल्लामा भएका अन्य राजनीतिक अधिकार लगायतका छुटेका घटनालाई समाबेश गर्न आग्रह गरेका थिए । मानवअधिकार बर्ष पुस्तक २०१८ का लागि बार्षिक पुर्वसमिक्षा कार्यक्रमको आयोजना गरेर केन्द्रले सारोकारवालाबाट सुझाव संकलन गरेको थियो । केन्द्रले सार्वजनिक गरेको प्रतिबेदनमा जेल तथा बन्दीको विवरण, नागरिक तथा राजनीतिक अधिकार, शिक्षाको अधिकार स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, बालअधिकार, महिला अधिकार र केन्द्रको सहयोगमा भएका प्रगतिको बिषयमा चर्चा गरिएको छ । बर्ष पुस्तकमा समाबेश गर्नका लागि तयार पारिएका घटनाहरुमा सबैभन्दा धेरै घरेलु हिंसाका घटना ६२ वटा र सबैभन्दा कम बहुबिबाहका घटना १ मात्रै रहेको उल्लेख गरिएको छ ।
भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका समयमा केही राजनीतिक अधिकारका घटनाबाहेक कुनैपनि मानवअधिकार उल्लंघनका घटना नभएको प्रतिबेदनमा उल्लेख छ । समिक्षा कार्यक्रमा बोल्दै अधिबक्ता केशवराज पराजुलीले देशमा आगामी भदौदेखी मुलुकी ऐन परिवर्तन हुने जानकारी गराउँदै मानवअधिकार उल्लंघनका घटनामा कमी आउने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै वक्ताहरुले बाँझिएको कानुनका कारण मानवअधिकार उल्लंघनका घटनाको पहिचान गर्न कठिन हुने गरेको बताएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी केशबराज पराजुली, अधिबक्ता काजीगाउँले श्रेष्ठ, समाजसेवी देवबहादुर श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थानेश्वर सुबेदी, अपांग अधिकारकर्मी रामप्रसाद घिमिरे, गैह्रसरकारी संस्थाको तर्फबाट सिताराम थापा र ज्ञानुमाया थापा तथा पत्रकार संगम घर्ति लगायतले बोलेका थिए । कार्यक्रममा केन्द्रका जिल्ला प्रतिनिधि सिर्जना पन्तले प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।
Previous Articleमापदण्ड विपरित कालोपत्रे गरेपछि…
Next Article ५ पुस २०७४, ढोरपाटन दैनिक