बागलुङ, २ पुस – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भएको मंसिर महिनामा बागलुङले तीन जना प्रहरी प्रमुख पायो । एकै महिनाको तेस्रो प्रहरी प्रमुखको रुपमा प्रहरी तालिम केन्द्र भरतपुरबाट प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मी गत वुधबार जिल्लामा हाँजिर भएका छन ।
पहिलो चरणमा मंसिर १० गते चुनाव भएको बागलुङमा निर्वाचनका बेला एसपी हिमालय श्रेष्ठले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनीभन्दा पहिले प्रहरी प्रमुख रहेका एसपी चन्द्रकुबेर खापुङलाई देउवा सरकारले मंसिर ५ गते सरुवा गरेको थियो । काजमा जिल्लाको प्रहरी कमाण्ड सम्हालेका रेग्मीले ‘बहुचर्चित रुपा हत्याका दोषी पत्तालगाउन हरसम्भव प्रयास’ गर्ने आईतवार भएको पत्रकार भेटघाटमा वताएका छन । रेग्मीले अपराध अनुसन्धान आफ्नो अनुभव र रुची समेतको क्षेत्र भएको वताएका छन ।
Previous Articleआमाको चुल्ठो-प्रमोद प्याकुरेल
Next Article कुन प्रदेशमा कसको सरकार, १ र ३ मा एमालेको बहुमत