बागलुङ, २ पूस– बागलुङ कालिका भगवती मन्दिरमा मंसिर महिनाभर १० लाख ४ सय ५२ रुपैयाँ भेटी संकलन भएको छ । गत बर्षको मंसिरको तुलनामा यो बर्ष १ लाख ३६ हजार रुपैयाँले बढी भेटी चढेको गुठीका अध्यक्ष राजु खड्काले बताए । गुठीका अनुसार मन्दिरमा भेटी स्वरुप ४ लाख ८९ हजार ४ सय ४५ रुपैयाँ संकलन भएको हो । त्यस्तै चामल, आर्थिक सहयोग, बोकाको मुढ विक्रि र परेवाको जोडी विक्रिबाट समेत उक्त रकम संकलन भएको हो । मंसिर महिना देखि पिकनिक स्पर्टमा आउने पनि बढेका छन् । उनीहरुबाट समेत १६ हजार रुपैयाँ संकलन भएको हो । मंसिर महिनाभर मन्दिरमा पूजाका लागि ५५ हजार रुपैयाँ खर्च भएको समेत गुठी ब्यबस्थापन समितिले बताएको छ ।
Previous Articleरोटा क्वीज जोन फोरमा पर्वत प्रथम
Next Article ब्यापर सहकारीको साधारणसभा