सुमन जि.सी.
बागलुङ, २९ मङ्सीर –सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवाकेन्द्र कुश्मिसेराको आयोजनामा जैमीनी न.पा. २ दमेकमा सदस्य तथा गैर शेयर सदस्यहरुका लागि १ दिने सहकारी शिक्षा तालिम आईतवार सम्पन्न भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्थामा सदस्य बन्दा संस्थाको वित्तीय कारोवारसंगसंगै उसले प्रदान गर्दै गैरवित्तीय सेवाहरु पनी राम्रोसंग बुझेर सदस्य बन्नुपर्ने धारण व्यक्त गरे । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बागलुङका श्रोत व्यक्ति विष्णुप्रसाद सापकोटा, जैमीनी न.पा. २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, समाजसेवी क्या. पदमवहादुर श्रीस लगाएतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले कुश्मिसेरा सेवाक्षेत्र अन्र्तग सदस्यता बृद्धि गर्ने अभिप्रयाले तालिमको आयोजना गरेको थियो ।
तालिम कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको परिचय, संस्थाका सेवा सुविधा, सहकारीको परिभाष, सिद्धान्त मूल्य मान्यता आदीका विषयमा संस्थाका अध्यक्ष पौडेलले प्रशिक्षण दिएका थिए । तालिममा संस्थामा ८ जना नयाँ शेयर सदस्य र १५ जना बाल बचतकर्ताहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । तालिम कार्यक्रम सदस्य सेवाकेन्द्र कुश्मिसेराका संयोजक कृष्णप्रसाद रिजालको अध्यक्षता, विष्णुप्रसाद आचार्यको स्वागत र सचिव चित्रप्रसाद चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।