बागलुङ, १ पुस– विद्यामन्दिर माध्यामिक बिद्यालयले आफ्नो शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार बिबिध कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले बिद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न भन्दै गीत, गजल तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । विद्यालय प्राङ्गडमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले उत्साहजनक सहभागीता जनाएका थिए ।
प्रतियोगिता अन्र्तगत गजल बाचन प्रतियोगितामा सुनिल गैरे प्रथम, सुप्रिया सापकोटा द्धितिया र ज्योति सापकोटा तृतिया भएका छन् । त्यस्तै गीततर्फ हिमा बिश्वकर्माको समुह प्रथम भएकी छन्भने एक नृत्यतर्फ ज्योती मगर प्रथम, अनिता पुन द्धितिया र रितु थापा तृतिया भएका छन् । सामुहिक नृत्य तर्फ ज्योति थापाको समुह प्रथम, स्मृति श्रीषको समुह द्धितिया र रोशनी बोहोराको समुह तृतिया भएको बिद्यालयका प्राद्यानध्यापक जगन्नाथ आचार्यले बताए ।
प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई प्रधाननध्यापक आचार्य, विद्यालयको भवन निर्माण समितीका संयोजक लालचन्द्र राजभण्डारी र उच्च माबि संयोजक डिल्ीलराज गौतमले एकसाथ पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा बोल्दै शिक्षक तथा अभिभावकहरुले बिद्यार्थीको चाहना अनुसारका क्रियाकलाप गर्न विद्यालय तयार भएमा सिकाई उपलव्धिमुलक हुनेमा जोड दिएका थिए । कार्यक्रममा उच्चमाबि संयोजक डिल्लिराज गौतम, भवन निर्माण समिती संयोजक लालचन्द्र राजभण्डारी लगायतले बोलेका थिए । बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बिद्यार्थीहरु ज्योति सापकोटा, प्रतिक्ष गौतम र सुप्रिया सापकोटाले गरेका थिएभने स्वागत शिक्षक बिष्णु काफ्लेले गरेका थिए ।
यसैबिच न्यु एभरेष्ट एकेडेमी रामरेखा बागलुङले शुक्रबार बिद्यार्थीहरुको बिचमा बिभिन्न दौड प्रतियोगीता सम्पन्न गरेको छ । कक्षा १ देखी ५ सम्मका बिद्यार्थीहरुको बीचमा फ्रग रेस र कक्षा ६ देखी १० सम्मका बिद्यार्थीहरुको बीचमा थ्रिलेग रेस प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ । बिद्यार्थीहरुलाई किताबी ज्ञानका अलवा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरीएको बिद्यालयका शिक्षक काशीराम रेगमीले बताए । कार्यक्रममा बोल्दै बिद्यालयका अध्यक्ष हरिनारायण गौतमले बिद्यार्थीहरु बिचको प्रतिष्पर्धाले बिद्यार्थीमा नयाँ सिकाईको बिकास हुने बताए । बिद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले शैक्षिक सिकाईलाई प्रभावकारी बनाउन अतिरिक्त क्रियाकलाप आवस्यक रहेको बताए । कार्यक्रम अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता र शिक्षक अशोक केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै चिल्ड्रेन लाईफ बोडिङ स्कुल रामरेखा बागलुङले पनि शुक्रबारे कार्यक्रम अन्तरगत बिभिन्न कृयाकलापहरु सम्पन्न गरेको छ । बिद्यालयले बिद्यार्थीको प्रतिभा पहिचाहन गर्नकालागी बिबिध कृयाकलाप सञ्चालन गरेको हो । कृयाकलाप अन्तरगत कक्षा १ देखी ५ सम्मका बिद्यार्थीहरुले गित, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए भने कक्षा ५ देखी १० सम्मका बिद्यार्थीहरुले कविता, नाटक, बक्तित्वकला, गायन, खेलकौषल लगायतका प्रतिभाहरु प्रस्तुत गरेको बिद्यालयले जनाएको छ । कार्यक्रम बिद्यालयका अध्ष्यक्ष नवराज पौडेलको प्रमुख आथित्यता, प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षता, शिक्षक सुरेन्द्र शाक्यको सञ्चालन र शिक्षिका ज्योती बिष्ठको स्वागतमा सम्पन्न भएको थियो ।