दमौली, २७ मंसिर – तनहुँमा समानुपातिक तर्फको मतगणना बुधबार सकिएको छ । मतपरिणाम अनुसार तनहुँमा समानुपातिक तर्फ पनि एमाले पहिलो पार्टी भएको छ । दुवै निर्वाचन क्षेत्रमा एमालेले कांग्रेस भन्दा बढि मत प्राप्त गरेको छ ।
एमालेले ५५२८५ र कांग्रेसले ५३७१९ मत प्राप्त गरेको छ भने माअोवादी केन्द्रले १०८९४ मत प्राप्त गरेको छ । त्यस्तै साझा विवेकशील पार्टीेले २७४१ मत प्राप्त गरेको छ ।
तनहुँ प्रतिनिधि सभा १ मा एमालेले २६५८६, कांग्रेसले २६०५४, माअोवादीले ६२९५ र साझ विवेकशीलले १६०३ मत प्राप्त गरेको छ । तनहुँ प्रतिनिधि सभा २ मा एमालेले २८६९९, कांग्रेसले २७६६५, माअोवादीले ४४९९ र साझा विवेकशीलले ११४८ मत प्राप्त गरेको छ ।
Previous Article‘डीएसपी र निर्वाचन अधिकृत मिलेर गच्छदारलाई जिताए’
Next Article यसरी बन्छ प्रदेशसभा