बागलुङ, २५ मंसिर – स्पेनिस ला लिगाअन्तर्गत आइतबार लिगको अग्रस्थानमा रहेको बार्सिलोनाले भिल्लारियललाई २-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित रहेको खेलमा बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गर्यो । खेलको ६० हौं मिनेटमा ड्यानियल राबाले रातो कार्ड खाँदै मैदान छाडेपछि भिल्लारियल १० खेलाडीमा सीमित भएको थियो । त्यसैको फाइदा उठाउँदै लुइस सुआरेज र लिओनेल मेसीले १० मिनेटको अन्तरमा दुई गोल गरे । अर्को खेलमा एट्लेटिको म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो । बार्सिलोना अंक तालिकामा ५ अंकले शीर्षस्थानमा छ । एजेन्सी
Previous Articleपछि सर्यो श्वेताको ‘कान्छी’
Next Article मतदाता र प्रम देउवालाई एकैसाथ धन्यवाद दिए प्रचण्डले