बागलुङ, २४ मंसिर – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनले २८ हजार ४४ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टले २१ हजार ११५ मत पाए।