बागलुङ, २४ मंसिर – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी भएका छन्। खनालले ३६ हजार ८ सय ७ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याए। संसदका खनालका लागि उनको यो जीत पाँचौं पटक हो।
त्यस्तै पूर्वसभामुख समेत रहेका एमालेका अर्का नेता सुवास नेम्वाङ इलाम क्षेत्र नं. २ बाट विजयी भएका छन्। नेम्वाङले ३६ हजार ५ सय १४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरे। नेम्वाङको यो चौथो जित हो।
इलामबाट खनाल पाँचौं र नेम्वाङ चौथो पटक संसदमा
Previous Articleपर्वतमा गठबन्धनका सबै उम्मेदवार बिजयी
Next Article दीपक बोहोरालाई पराजित गर्दै घनश्याम भुषाल विजयी