बागलुङ, २ मंसिर – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौँ चरणको खेलमा नेपाल पुनः यूएईसँग पराजित भएको छ। बुधबार भएको पहिलो खेलमा ७ विकेटले पराजित नेपालले भर्खरै सम्पन्न दोस्रो खेलमा यूएईलाई ६३ रनले नतिजा सुम्पियो। यूएईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४२.२ ओभरमा १३२ रन जोड्दा सवै विकेट गुमायो।
नेपालका ज्ञानेन्द्र मल्ले सर्बाधिक ४२ रन जोडे। उनीसँगै विनोद भण्डारीले २५, सागर पुनले २१ तथा आरिफ सेखले १४ रन जोडे। त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको यूएईले ४९.२ ओभरमा सवै विकेट गुमाएर १९५ रन जोड्यो। यूएईका अदनान मुफ्तीले १०४ रनको शतकिय पारी खेले। ८९ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै, यूएईका मोहम्मद बोटाले ३७ र अहमद राजाले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। बलिङ तर्फ नेपालका सोमपाल कामीले ५ विकेट लिए। १० ओभरको स्पेलमा उनले १ मेडन राख्दै २७ रन खर्चिए। त्यस्तै ललितसिंह भण्डारीले १० ओभरमा ४ मेडन राख्दै १ विकेट लिए।
Previous Articleम्याग्दीका तीनै सिटमा वाम गठबन्धन विजयी
Next Article पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य वृद्धि