सन्तोष गौतम
म्याग्दी, २२ मंसिर–म्याग्दीको क्षेत्र नं १ को २ मा मतगणना सकिएको छ । धौलागिरी, मालीका र मंगला गाउँपालीका समावेश भएको क्षेत्र २ मा एमालेकी नरदेवी पुन बिजयी भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक रुपमा मतपरिणाम सार्वजनीक गर्न बाँकी छ । जानकारी अनुसार बाम गठबन्धनबाट उमेद्वार बनेकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन । एमालेकी पुनले १० हजार ८७१ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेकाी छन् । दोस्रो संबिधानसभामा समानुपातीक सांसद बनेकी ४७ वर्षिय पुन एमाले अध्यक्ष प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री भएकी थिईन् ।
म्याग्दीको क्षेत्र नं १ को २ मा गठबन्धनकी नरदेवी बिजयी
Previous Article२२ मंसिर २०७४ ढोरपाटन दैनिक
Next Article म्याग्दी क्षेत्र नं १ को २ मा एमालेकी नरदेवी बिजयी