बागलुङ, २१ मंसिर – ३२ जिल्लामा मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएको छ । प्रदेश १ सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा सँगै प्रदेश ५ का रुकुम (पूर्वीभाग र रोल्पामा मतगणना सुरु भइसकेको छ । त्यसैगरी प्रदेश ६ का रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा प्रदेश ७ का दार्चुला, बझाङ र बैतडीसहित ३२ जिल्लामा मतगणना सुरु भएको हो ।
पहिलो चरण निर्वाचनको ३२ जिल्लामा मतगणना सुरु
Previous Articleबागलुङमा तीन घण्टा ढिलोगरी मतगणना सुरु
Next Article प्रदेशसभामा मुस्ताङबाट खाता खोल्यो एमालेले