बागलुङ, २१ मंसिर – निर्धारित समय भन्दा तीन घण्टा ढिलो गरी बागलुङमा मतगणना सुरु भएकोे छ । दलहरु बिचको लामो छलफल पछि राति सवा आठ बजेबाट मात्रै मतगणना सुरु भएको हो । नेपाली कांग्रेसले जिल्लाका तिन ठाउँमा धाधली भएको भन्दै गरेको उजुरीलाई निर्वाचन आयोगले खारेज गरी मतणना गर्न आदेश दिएपछि काँग्रेसका प्रतिनिधी सहित छलफलपछि मात्रै मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना एकै पटक सुरु गरिएको छ । कर्मचारीको आठ वटा समुह बनाएर प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना सुरु भएको हो ।
प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र नं १ को १ मा रहेको काँठेखोला गाउँपालिका– १ पाला र काँठेखोला – २ भिमापोखरा तथा क्षेत्र नं १ को २ मा रहेका जैमिनी नगरपालिका– १ कुश्मीशेरा र जैमिनी नगरपालिका–२ दमेकको मतगणना सुरु गरिएको छ । क्षेत्र नं. २ को प्रदेश १ मा गल्कोट नगरपालिका –१ दुदिलभाटी र २ नरेठाँटी तथा प्रदेश २ को ढोरपाटन नगरपालिका – १ र २ वुर्तिवाङ बजारका मतपेटिकाको मत गणना सुरु गरिएको हो ।
Previous Article१२ बजेसम्ममा ३५ प्रतिशत मतदान भयो
Next Article पहिलो चरण निर्वाचनको ३२ जिल्लामा मतगणना सुरु