पर्वत, २० मंसिर – प्रतिनिधि सभा र प्रदेश सभा गठनका लागि भोली हुने दोस्रो चरणको आम निर्वाचनमा जिल्लामा मुख्य गरी दुई शक्ति चुनावी मैदानमा छन । प्रतिनिधिसभामा संयुक्त बाम उमेदवार तथा नेकपा एमाले पर्वत जिल्ला अध्यक्ष पदम गिरीले कुश्मा नगरपालिकाबाट मतदान गर्नेछन । उनले आफ्नो जन्मगाउँ कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थित काफलचौर माविको मतदान केन्द्रबाट मतदान गर्नेछन ।
यसैगरी प्रतिनिधिसभाका अर्का लोकतान्त्रिक मोर्चाका उमेदवार तथा पूर्व सांसद अर्जुन जोशीले पनि कुश्मा नगरपालिकाबाटै मतदान गर्नेछन । उनले नगरपालिकाको वडा न ४ स्थित नारायण मावि मतदान केन्द्रबाट मतदान गर्नेछन ।
उता, प्रदेशसभा २ तर्फ पूर्व सांसद तथा बामगठबन्धनका साझा उमेदवार पूर्व सांसद विकास लम्सालले फलेवास नगरपालिकाबाट आफ्नो मतदान गर्नेछन । फलेवास नगरपालिकाको भवानी विद्यापिठ माविबाट मतदान गर्नेछन । उता, बामगठबन्धनका साझा उम्मेदवार प्रदेश सभा क्षेत्र न १ का नेत्रनाथ अधिकारीले पनि कुश्मा नगरपालिकाबाटै मतदान गर्नेछन । कुश्मा नगरपालिकाको वडा न १ पाङ स्थायी घर भएका अधिकारीले पाङ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन ।
उता, प्रदेश सभा क्षेत्र न १ का लोकतान्त्रिक मोर्चाका उमेदवार नवराज गुरुङको नामावली भने पैयू गाउँपालिकामा छ । उनी दुर्लुङका बासिन्दा भएपनि मतदाता नामावली पैयूमा भएको हुँदा उनले पैयू गाउँपालिका वडा न ७ स्थित जनता माविबाट मतदान गर्नुपर्नेछ । यद्यपि गुरुङले अहिलेसम्म मतदानका लागि पैयू क्षेत्रमा जाने मनस्थितीमा छैनन । उनी प्रदेश सभाको लागि क्षेत्र १ का उमेदवार हुन । उता, प्रदेश न २ का लोकतान्त्रिक मोर्चाका उमेदवार राजेन्द्र तिवारीले पैयू गाउँपालिका वडा न ६ स्थित विनु माविबाट मतदान गर्नेछन ।
Previous Articleमताधिकारको महत्त्व : प्रयोगकर्ताको विवेकमा निर्भर
Next Article यसरी हुन्छ चितवनमा प्रचण्डको मर्निङवाक