बागलुङ, १८ मंसिर – बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ कि १८ वर्षिय सावित्रा जीवनमा जीउने धोको बाहेक अरु केही देख्दिनन् । कलिलो उमेरमा ब्लड क्यान्सर भएकी सावित्री विक गरिब परिवारको कोखमा जन्म लिएकै कारण, चाहेको ठाउँमा औषधी उपचार गर्ने मौका नपाएर मृत्युसँग लडिरहेको गुनासो गर्छिन् । करिव १ वर्ष अघि काठमाण्डौ स्थित टिचिङ हस्पिटलमा चेकजाँच गराएपछि रगतमा समस्या देखाएको चिकित्सकले बताएका थिए । सावित्रीका बाबा छविलाल, भारतमा काम गर्ने भएकाले उपचारका लागि उनलाई भारतमै लगियो । भारतको एक हस्पिटलमा उपचार गराएका सावित्रीका बाबा छविलालले आफ्नो साथमा भएको र गाउँमा साथीभाई स्टमित्रसँग लिएको करिव डेडलाख भारतीय रुपैयाँ सकेको बताउनुहुन्छ । तर सावित्रीको बिमार भने जस्ताको तस्तै रहयो । भारतमा बसेर उनको बिमार निको नभएपछि छविलालले छोरीलाई नेपालमा ल्याएर विभिन्न स्थानमा उपचारका लागि सोध खोज पनि गराए । तर डाक्टरले लाखौं रुपैयाँ खर्च लाग्ने बताएपछि गरिवीकै कारण सावित्रीको चाहेको ठाउँमा उपचार हुन नसकेको छविलालको भनाई छ ।
अहिले सावित्रीको ज्यान पुरै पहेंलो देखिन्छ । उनको शरिरमा रगत उत्पादन हुँदैन । हरेक १५÷१५ दिनमा कसैले रगत दिए भने, १५ दिन सन्चोसँग बस्ने हिडने र खाना खाने गरेको परिवार बतउँछन् । परिवार गरिव भयो । पैसा भएन, उपचार गर्ने ठाउँसम्म जानपनि सकिएन । रक्तदान गर्नेहरुको दयाले संसार हेरिरहेको छु । आँखाभरी आशु लिंदै सावित्रीले भेटन जाने सबैसँग यस्तो दुखः पोख्छिन् । १८ वर्षको यो उमेरमा गरिवीकै कारण औषधी उपचार नपाउने सावित्री जस्तै अरुपनि धेरै गरिव परिवार होलान । तर सहयोग गर्ने र गुहार सुन्ने आफन्त नातेदार वा अरु कुनैपनि त्यस्तो दाता नपाए छोरीको चित्कार सुनेर बस्नुको विकल्प नभएको, सावित्रीका बुवा छविलालले गहभरी आँशु लिंदै बताउनुहुन्छ । जबजब उसको शरीरमा रगत सकिन्छ, मरे बाबा भन्दै कराउँछ, चिच्च्याउँछ, मुटु भरिएर आउँछ । मन थाम्न सक्दैन बोकेर बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रसम्म ल्याएर रगत चढएर लैजाने गरेको छु । यो सावित्रीका बुवा छविलालको करुणा हो । विगत १० महिना यता सावित्राको बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका ओ पोजेटिभको रगत खाजेर चढाइदै आएको छ । निसीभूजि जनता क्याम्पस र रेडियो परिवर्तनले गराएको ब्लड ग्रुपिङका मान्छेहरु बोलाएर सावित्रीलाई रगत दिइरहेको स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियन किसान शाहीले बताए । स्वास्थ्य केन्द्रमा ब्लड बैंक छैन ।