बागलुङ, १६ मंसिर– शान्ति उच्च माध्यामीक बिद्यालय कुश्मीशेरा बागलुङले आफ्नो ५६ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । जैमिनि नगरपालिकाको केन्द्र कुश्मीशेरामा रहेको बिद्यालयले बिद्याथी अभिभावक तथा शिक्षा प्रेमीहरुको सहभागीतामा आफ्नो बार्षिक उत्सव मनाएको हो । बिद्यालयले ५६ बर्ष पार गरेको उपलक्षमा बिद्यालयका शिक्षक, अभिभावक बिद्यार्थी र शिक्षा प्रमीहरुले पहिलो चरणमा प्रभात फेरी निकालेको र दोस्रो चरणमा बिद्याथीहरु सहभागी बिभिन्न कार्यक्रम सञ्चालन गरीएको प्रद्यानध्यापक यमबहादुर जिसिले बताए ।
कार्यक्रमको मुल समारोहउद्घाटन गर्दै स्रोत ब्यक्ति बिष्णुप्रसाद सापकोटाले सरकारी सामुदायीक बिद्यालयसबैको रोजाई बन्न नसकेको भन्दै दुख व्यक्त गरेका थिए । सामुदायीक बिद्यालयले आफ्नो पठन पाठन पद्धतिमा सुधार ल्याउनु पर्ने भन्दै उनले बिद्यालयप्रति बिद्याथी र अभिभावकको आकर्शण कमहुनु दुखद पक्ष भएको बताए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायीक अस्पताल र सामुदायीक बिद्यालयहरुलाई सराकारले ठुलो लगानी गरेको भए पनि यस तर्फ सर्वसाधारणको ध्यान कम जानु दुखद भएको बताए । कार्यक्रममा पुत पुर्व प्रद्यानध्यापक हरिप्रसाद शर्मा, भुतपुर्व बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सोभाप्रसाद शर्मा, बिद्यार्थी छात्रा जमुना शर्मा, जैमिनि नगर बिकास समितीका अध्यक्ष सकसबहादुर क्षेत्री, राजमोका ठाकुर प्रसाद शर्मा, माओवादी केन्द्रका मेघनाथ पौडेल, कांग्रेसका काशिराम आचार्य लगायतले बोलेका थिए ।
बिद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्न भन्दै बिालयले तहगत रुपमा बिभिन्न कार्यक्रमको आयोजना गरेको थियो । प्रथमिक तह तर्फ चम्चा दौड, गणित दौड र हस्तलेखन प्रतियोगिता, निम्न माध्यमिक तह तर्फ रिले दौड, कबड्डी प्रतियोगिता तथा माध्यमिक तह तर्फ भलिबल, खोखो, रिले दौड र हाजिरिजवाफ प्रतियोगिता आयोजना सम्पन्न गरीएको प्रअ जिसिले बताए ।
प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्याथीहरुलाइ पुरस्कार समेत बितरण गरीएको थियो । जेष्ठ सदस्य तिलकबहादुर थापाको अध्यक्षता, विद्यालयका संयोजक नारायण आचार्यको स्वागत र शिक्षक डिल्लिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोहि अवसरमा बिद्यालयका प्रद्यानध्यापक यमबहादुर जिसिले बिद्यालयको बार्षिक प्रगती प्रतिबेदन र शिक्षक भुषण आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।