तारानाथ आचार्य
सन्तान कस्को हो भन्ने बित्तिकै आवाज निस्कीन्छ, नाम जोडिन्छ बाबुको, चाहे बाबु जिवित होस या वाबु स्वर्गबास भइसकेको किन नहोस्, हरेक सन्तानको सफलतामा पनि बाबुको नामले महत्वपुर्ण स्थान राखेको देखीन्छ । के बाबुले निर्धारण गर्ने हो त सन्तानको भबिष्य ? के बाबुले मरी मेटी सन्तानको भबिष्यको मार्गचित्र कोरेको हो त ? यदि होभने आमा नभएको बच्चा किन टुहुरो मानिन्छ । बाबु नभए पनि बच्चाले किन आफ्नो भबिष्य खतरामा परेको देख्दैन । आमाले जन्म मात्र दिने र बाबुले बच्चाको भरणपोषण लालनपालन सबै आमाले नगरेर बाबुले गर्ने होभने जन्मपछि आमा परलोक हुँदा बच्चालाई किन यो धर्तिमा बाबुले एक दिन पनि टिकाउन सक्दैनन ।
पितृ सत्तात्मक राष्ट्र नेपालमा यि सारा प्रश्न अनर्थक लाग्न सक्छन तर यथार्थ यो हो बालबालिका फुल्नुफल्नु र फक्रनुमा आमाको महत्वपुर्ण योगदान छ । बच्चा जन्मेपछि उसको लालनपालन हेरचाह सबै आमाले नै गर्छिन् । सकारात्मक बिचार र सकारात्मक काममा लाग्ने बाटो पनि आमाले नै देखाउँछिन । बालबालिकाको पहिलो बिद्यालय घर, पहिलो गुरुआमा यिनै आमा सचेत र सजग भइनन् भने के बालबालिकाको भबिष्य सफल होला र भलै बालबालिकाको भविस्यमा बाबुको भुमिका छैन भनिएको हैन तर आमाको जति भुमिका छ त्यती भुमिका बाबुहरुले निभाएको देखींदैन । बालबालिकालाई केही कुरा सिकाउँदा होस या उसको अनियन्त्रीत जिवनलाई नियन्त्रणमा लिएर सकरात्मक बाटोमा डोर्याउन होस बाबुले लठ्ठी र थप्पडको सहयोग लिन्छन तर आमाले त्यही ठाउँमा सुरिलो र मायालु बोलीको प्रयोग गर्छीन डर र त्रासले भन्दा माया र ममताले हरेक बालबालिकाको बाटोमा पुष्प गुच्चा छरीरहेको हुन्छ ।
आमा शव्दमा मात्र आमा होइन, व्यवहारमा पनि आमा, जन्म दियौ आमा, कर्म दियौ आमा, आमा नारी शव्द कति प्यारो लाग्छ आफु मरेर सन्तान बचाउँछौ । आधा पेट खाएर सबैलाई हँसाउँछौ । आमा अब तिम्रो पालो हो । पढ्ने बेलामा आमा हजुरबाले मामालाई पढाए तिम्लाइ बाख्रा हेर्ने पठाए, मामालाइ बोर्डिङ पढाए तिम्लाई सरकारी स्कुलमा पठाए, मामालाइं पि. एच. डी. गराए तिमी एस. एल. सी. मा सीमित रहयौ । अब तिम्रो पालो हो, तिमी सचेत बन, हामी सचेत हुनेछौ, तिमी शिक्षित बन हामी शिक्षित बन्ने छौ, अब तिमी सन्तान उत्पादन गर्ने मेसीनमा सिमित नरहेको राम्रो अब तिमी घर धान्य गृहणी हैन कुशल शिक्षीका बनेको राम्रो, तिमी खेतबारीको माली हैन राष्ट्रको शासन व्यवस्था चलाउने राजनीतीककर्मी बनेको राम्रो हो । आमा तिमीलाई कसैले ला भनेर दिँदैन अब ले भनेर खोस्न हिँड साथमा साथ हातमा हात मिलाएर साथमा साथ दिन हामी तयार छौ । तिम्रो भविष्य वन्यो भने राष्ट्रको भविष्य सुःनिश्चित बन्नेह छ । विश्वको आधा आकाश ओगटेका महिलाहरुको अवस्था हेर्ने होभने नेपाल जस्तो विकासोन्मुख देशमा महिलाको अवस्था अझैपनि नाजुक छ । शिक्षा, स्वास्थ्य, रोजगारी, राजनिती र मनोरन्जन लगाएतका क्षेत्रमा मात्र भोट फसाउनको लागी गरिएको समाबेशी बाहेक अन्य अवस्थमा महिलाको सहभागिता र पहुँचलाई हेर्ने होभने अवस्था कहाली लाग्दो छ । महिलाहरुको सकरात्मक परिवर्तनको लागि जतिसुकै दर्शनमा खेलेर भाषणमा समाबेश गरिएपनि व्यवहारमा महिलाको अवस्था दर्दनाक छ । घरको कामदेखी बालबच्चाको भविष्यसँग लडिरहेको विश्वका महिलाहरुमध्ये अझैपनि दुई तिहाई महिलाहरु निराक्षर भएका प्रतिवेदन सार्वजनिक हुनु लज्जास्पद कुरा हैनर । सामाजिक र राजनीतिक अवस्थामा अस्तव्यस्त बनेका महिलाहरु आर्थिक रुपमा पनि अस्तव्यस्त नै देखीन्छन, घर चलाउनेदेखी समाजमा प्रतिष्ठीत भएर बाँच्नको लागि भुमिका खेल्नु पर्ने महिलाको काँधमा ठुलो आर्थिक भार छ । विश्वका महिलाहरुमध्ये अझैपनि करिब ९१ करोड महिलाहरु गरीबिले पिल्सीएर उठ्नै नसक्ने गरी पछारिएको बिभिन्न अध्ययनले देखाएका छन् ।
नेपालको सन्दर्भमा हेर्ने हो भने पनि पुरुषको तुलनामा आधा भन्दा धेरै जनसंख्या ओगटेका महिलाहरुको अवस्था पुरुषको तुलनामा निकै नाजुक छ । हामीले मान्दै आएका संस्कार, धर्म, संस्कृती, लैङ्गीकताको ठुलो खाडल, सामाजिक रीतिरिवाज परम्परा अनि महंगी र कालोबजारीले गाँजेको आर्थिक स्थितिले नेपालका महिलाहरुको जिवन स्तरमा सुधार गर्ने बाटोमा अवरोध गरिरहेको जस्तो लाग्छ । महिलाहरुलाई शिक्षीत बनाउने होभने घर शिक्षित हुन्छ, घर शिक्षित भए टोल शिक्षित हुन्छ, टोल शिक्षीत भएर राष्ट्र शिक्षीत हुन्छ । त्यसैले अब महिलाहरुको विकासका लागि शिक्षामा बिशेष ध्यान दिनु आजको आवस्यकता हो । पुरुषहरुपनि अब आफ्नो घर धान्ने बन्नु पर्छ, सधै सभा सेमिनार र चौतारीका डिलमा बसेर गफ हानेर बिताउने समय अब आफ्नो घर र आफ्नो परिवारको हेरचाहमा बिताउँदा रामै्र हुन्छ भन्ने मलाई लाग्छ ।
समाज र राष्ट्र संचालनको लागि महत्वपुर्ण निर्णय हुने स्थानहरुमा अब महिलाको सहभागीताको आवस्यकता छ निर्णय प्रक्रियामा महिलाको सहभागीता हुनु सबै र सधैको लागि फलदायक हुने कुरा निश्चित छ । महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक, आर्थिक र राजनीतिक सबै तहबाट महिलाहरुलाई माथि उठाउन नसक्ने होभने चल र चलाउको भरमा आम राष्ट्रका नागरिक नरहलान भन्न सकिन्न । महिलाको विकास गर्नु भनेको राष्ट्रको विकास गर्नु हो भन्ने कुरा सबैमा चेतना हुनु आवस्यक छ । यसको लागि पुरुषहरु जिम्मेवार बन्नु आवस्यक छभने महिलाहरुपनि आफैमा सजग र सचेत हुनु आवस्यक छ ।
Previous Article२०७४ मंसिर १५ गते शुक्रबारको राशिफल
Next Article चौकी व्यावस्थापन समितिको पुनर्गठन