बागलुङमा निर्वाचन सम्पन्न भएर यतिबेला सबै केन्द्रका मत पेटिकाहरु जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा संकलित गरेर राखिएको छ । जिल्लाका १ सय ३ मतदान स्थलका १ सय ९९ केन्द्रका मत पेटिकाहरु यतिबेला जिल्ला समन्वय समितीको एक कोठामा बन्द गरेर राखिएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै मत गन्ने निर्णय गरेको निर्वाचन आयोगका अनुसारा आगामी मंसिर २१ गते साँझ ५ बजेपछि मात्रै मत गन्न सुरु गर्ने कार्यतालिका रहेको छ । जिल्ला समन्वय समितीमा राखिएका मतपेटीकाहरुको सुरक्षाको बिषयमा यतिबेला जिल्लामा अनौठा अनौठा घटनाहरु सार्वजनिक भएका छन् । मतपेटिकको सुरक्षाका लागि एकातर्फ राष्ट्रसेवक कर्मचारी खटिउका छन्भने अर्कोतर्फ निर्वाचन सम्पन्न गराउनको लागि खटिएका न्याय सेवा र निजामति सेवाका कर्मचारीहरुले पनि जिम्मेबारी बोध गरिरहेका छन् ।
त्यो मात्रै हैन चरम राजनीतिक अबिश्वासमा फसेका दलहरुले गत सोमबार बेलुका उक्त कोठामा भित्राईएका मतपेटिकाहरुको मुचुल्का गरी कोठाको ढोकामा दल आफ्नै तर्फबाट ठुला–ठुला ताला किनेर चाबी ठोकेका छन् । सबै किसिमको सुरक्षा घेराका बीचमा आफैले ठोकेको चावीमा समेत अबिश्वास लागेपछि अहिले जिल्लामा क्रियाशिल दलहरुले प्रतिनिधि खटाए मतपेटिका राखिएको कोठाको कुरुवमाा रहेको खवरले आम सर्बसाधारणमा दलहरुले एक अर्काप्रति गर्ने बिश्वासमा कमी रहेको भान हुन थालेको छ । अझै अचम्मको कुरा त के छ भने दलका भात्री संगठनहरुले अधिकारको कुरा उठाएर मत पेटिका कुर्न पाउनु पर्ने भनेपछि दलहरुले आफ्नो पार्टिका भातृ संगठनहरुलाई पालै पालो कुरुवा बस्ने व्यवस्था मिलाएका खबरहरु आएका छन् । सुरक्षा र समयका हिसाबले सहज हुने भएकाले दिउँसोको समयमा महिला र रातीको समयमा पुरुष कुरुवाहरुको व्यवस्था मिलाईएको दलका नेताहरुले बताईरहेका छन् । जनताले आफ्नो मत प्रयोग गरेका छन् । त्यसलाई सहि डंगबाट सुरक्षित राखेर जनताको मतलाई जस्ताको तस्तै उनिहरुको बिचमा प्रस्तुत गर्नु दलहरुको कतव्र्य हो । तर आपसमा भएको चरम अबिश्वासलाई मुर्त रुप दिनु राष्ट्र र सर्बसाधारणको लागि फाईदाजनक कुरा होईन् ।
यदि नेपाल सरकारका कर्मचारीलाई जिम्मेबारी दिन अबिस्वासिला छन्भने चुनाव तथा मतपेटिकाको सुरक्षामा मात्रै होईन अन्य समयमा उनीहरुले सम्पादन गर्ने काममा समेत पक्ष बिपक्षको गन्ध अबस्य आउन सक्छ । यदि उनीहरु बिश्वासिला छनभने दलहरुले किन उनीहरुलाई बिश्वास लिन सकेका छैनन् । समय र सन्दर्भले दलहरुमा आउने उतारचढाव स्वभाविक हुन् । तर उनीहरुको बीचमा चुलिएको अबिश्वासको खाडलले आगामी दिनमा आम सर्वसाधारणको पक्षमा हुने काम कार्वाहीमा बाधा हुने कुरामा दुबिधा नहोला । लाह छाप लगाईएको तालामा बिश्वास नभएको जस्तै स्वास्तिक छाप लगाएको मतमा पनि भोलि गएर प्रश्न नउठ्ला भन्न सकिंदैन । एकातर्फ निर्लज्ज आयोगले यति लामो समयसम्म मतपेटिका बन्द कोठामा राख्ने निर्णय गर्नु र अर्कोतर्फ दलहरुले एक अर्कालाई बिश्वास गर्न नसक्दा आम सर्बसाधारणको दल तथा आयोग प्रतिको बिश्वास घटेर जाने कुरामा दुबै पक्षले हेक्का राख्न जरुरी देखिन्छ । जनता सधैं चुप लागेर नबस्न सक्छन् । महत्वपुर्ण जिम्मेबारी पाएका निकायहरुको यसतर्फ ध्यान जाओस् ।
Previous Article२०७४ मंसिर १४ गते बिहिबारको राशिफल
Next Article सुस्ताएको जलविद्युत विकास