बागलुङ, १३ मंसिर– जिल्लाको क्षेत्र नं १ का बामगठबन्धनका उम्मेदवारहरुले मतदाता तथा निर्वाचनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । मंगलबार बागलुङमा संयुक्त प्रेस बक्तब्य जारी गर्दै उम्मेदवारहरुले आम मतदाता प्रहरी, प्रशासन, कर्मचारीहरु, नागरिक समाज, ब्यबसायी, पत्रकार र निर्वाचनसँग सम्बन्धित सम्पुर्ण सारोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् । क्षेत्र नं १ का उम्मेदवार डा. सुर्य पाठक, १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटा र १ को २ का उम्मेदवार कृष्ण थापाले संयुक्त प्रेस बक्तब्य जारी गरेका थिए । उम्मेदवारहरुद्धारा हस्ताक्षरित बक्तब्यमा भनिएको छ– ‘आर्थिक समृद्धिको ढोका खोल्ने र नेपालमा लोकतान्त्रिक राजनैतिक प्रणाली सहितको समाजवादको स्थापना गर्ने उद्देश्यका साथ निर्माण गरीएको बाम गठबन्धनको पक्षमा प्रारम्भदेखी नै जनताको अभुतपूर्व समर्थन रहयो, बागलुङका न्यायपे्रमी लोकतन्त्रवादी जनताको अपार समर्थन र मायाबाट हामी थप उत्सहित भएका छौं ।’ उनीहरुले निर्वाचनका समयमा भएका केही घटनाहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निर्वाचनको बेला भएका घटनाहरुको निस्पक्ष छानविन गरी दोषी उपर कानुन अनुसार कारर्वाहीको समेत बक्तब्यमार्फत माग गरीएको छ ।
बागलुङका बाम उम्मेदवारले दिए मतदातालाई धन्यवाद (बक्तब्य सहित)
Previous Articleबिद्यालयलाई आर्थिक सहयोग ।
Next Article यसरी गरे उम्मेदवारले चुनाव जित्ने दाबी