काठमाडौं, ९ मंसिर – गृह मन्त्रालयले दस देखि तीस मिनेटभीत्र जुनसुकै स्थानमा सुरक्षाकर्मीको टोली पुग्नेगरी निर्वाचन सुरक्षा प्रबन्ध मिलाइएको बताएको छ । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको तीन घेरामा निर्वाचन सुरक्षा रहने बताउँदै गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘भयरहित, स्वच्छ र विश्वसनिय रुपमा निर्वाचन सम्पन्न गराउन भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएको छ ।’
गृह मन्त्रालयले निर्वाचन सुरक्षाका निम्ती हवाई र स्थल दुवै सुरक्षा सर्तकतालाई अपनाएको जनाएको छ । ३२ जिल्लाका २ हजार ९ सय १९ मतदानकेन्द्रका निम्ति ६४ हजार सेना, ६८ हजार ६ सय ७८ प्रहरी, ४२ हजार ८ सय ९१ सशस्त्र र ९८ हजार १ सय ७६ म्यादी प्रहरी खटिएका छन् । दुवै चरणको निर्वाचनमा निम्ति समग्रमा यतिका धेरै सुरक्षाकर्मी खटिने भएका हुन् ।
गृहसचिव सापकोटाले पछिल्ला दिनमा अवैध हतियार बरामद ब्यापक बनाइएको र निर्वाचन विरोधी क्रियाकलापमा संलग्न ४ सय भन्दा धेरै व्यक्ती पक्राउ भएको भन्दै आम मतदाताले निर्धक्क भएर मतदान गर्ने वातावरण निर्माण गरिएको बताए । उनले निरोधात्मक सुरक्षा सर्तकता र सावधानी अपाउँदै विगतका सफल निर्वाचनको अभ्यासबाठ पाठ सिकेको बताए ।
निर्वाचन सुरक्षाका निम्ती गृह मन्त्रालयले केन्द्रिय कमाण्ड पोस्ट, क्षेत्रिय कमाण्ड पोस्ट र जिल्ला कमाण्ड पोस्ट निर्माण गरेको छ । यि तीनै कमाण्ड पोस्टविच निरन्तर सुचना र जानकारी आदानप्रदान गरीने र त्यसैका आधारमा निर्वाचन सुरक्षाको स्थिति मोनिटर गर्ने व्यवस्था गरेको छ ।
सरकारी र निजी हेलीकप्टरले निर्वाचन अवधीभर र मतपत्र मतगणना केन्द्रमा नपुर्याउजेलसम्म हवाई गस्ती गर्नेछ । गृह मन्त्रालयले निर्वाचन अवधीभर एम्बुलेन्स, खानेपानी, शववहान लगायतका अत्यावश्यक सवारी साधन, अनुमती प्राप्त सवारी बाहेक अन्य सवारी साधन चलाउन निषेध गरेको छ । त्यस्तै गृहले निर्वाचनको दिन सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थानका कार्यालयहरु बन्द रहने पनि जनाएको छ ।
Previous Article‘किन अहिल्यै हतारिन्छौ बसौंला नि भरे राति …’
Next Article अनुहारमा देखिएका समस्याबाट चिन्नुुस् रोग !