म्याग्दी, ८ मंसिर–म्याग्दीमा वाम गठबन्धनका उमेद्वारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका २ तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा–२ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा विस्फोट भएको थापाले बताए । दिउँसो पौने १ बजेतिर ठूलो आवाज आउनेगरी बिस्फोट भएपछि उमेद्वारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए । विस्फोटबाट कुनै क्षत्ती भने भएको छैन् । बिस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । बिस्फोटको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताईन् ।
सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उमेद्वार खम्बिर गर्बुजालाई लक्षित गरेर बिस्फोट भएको थियो । चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले बिस्फोट गराएको सुरक्षा निकायले शंका गरे पनि घटनामा संलग्नको पहिचान हुन भने सकेको छैन् ।
बाम उम्मेदवारलाई लक्षित गरेर म्याग्दीमा बम बिस्फोट
Previous Article८ मंसिर २०७४, ढोरपाटन दैनिक
Next Article विष्फोट गराएको आशंकामा नेकपाका सह–इन्चार्ज पक्राउ