काठमाडौं, ७ मंसिर – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २०४६ पछि देशले क्षमतावान राजनीतिक नेतृत्व नपाएकाले देश दुराअवस्थामा पुगेको निष्कर्ष निकालेको छ। बुधबार महोत्तरीको जलेश्वरमा सार्वजनिक घोषणापत्रमा यस्तो उल्लेख गरिएको हो।
‘नेतृत्वको सक्षमता उसको सकारात्मक सोच, दुरदर्शी विचार, नागरिकप्रतिको इमान्दारिता, राष्ट्रहितप्रतिको समर्पण, जनभावनाको कदर, कार्यकुशलता एवं विश्वसनीयता, मुलुक र समाजको आवश्यकता वारे सहि जानकारी, सटिक नीति निर्माणको खुबी र सबैलाई संगै लिएर हिंडने क्षमता आदिमा झल्किने गरेको हुन्छ र अपवादको रुपमा एक वा दुई जनाको कुरा न गर्ने हो भने ४६ सालपछि नेपाली राजनीतिमा देखिएका सबै पात्रहरु आफ्नो,आफ्नो परिवार र आफ्नो आसेपासेको सीमित स्वार्थमा रुमल्लिएका निम्न स्तरीय राजनीतिक खेलाडी मात्र साबित भएका छन्’, राजपाको घोषणापत्रमा भनिएको छ, ‘नेपालको अहिलेको दुरावस्था यसकै परिणाम हो। यो परिवन्दलाई समाप्त पार्नु पर्छ र योग्य, कर्मठ, समर्पित, संघर्षशील र क्षमतावान युवा नेतृत्वलाई अवसर दिनुपर्छ।’
घोषणापत्रको पूर्णपाठ
देशले सक्षम नेतृत्व नपाएको राजपाको निष्कर्ष (घोषणापत्रको पूर्णपाठ)
Previous Articleयसपटक बागलुङमा वामपन्थी उदाउँदैछन्-देवेन्द्र पौडेल
Next Article मौन अवधीमा फेसबुक, भाइवरबाट समेत भोट माग्न नपाइने