बागलुङ, ६ मंसिर– बाम गठबन्धन जिल्ला समुन्वय समिति बागलुङले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुत्र एबं माओबादी केन्द्रका पोलिट व्युरो सदस्य प्रकाश दाहालको निधन प्रति दुख व्यक्त गरेको छ । मंगवार बागलुङमा श्रद्धाञ्जली सभाको आयोजना गरी समितीले दाहालको निधन प्रति दुख ब्यक्त गरेको हो । कार्यक्रममा बोल्दै बक्ताहरुले अल्पायुमै भएको दाहालको निधनले देशलाईनै सोकमा डुवाएको बताए । हृदयघातका कारण निधन भएका दाहाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै बक्ताहरुले सोकाकुल परिवार प्रति समबेदना समेत ब्यक्त गरे । नेकपा एमालेकी केन्द्रिय सदस्य तथा समानुपातीक उम्मेदवार मनकुमारी केसीले दाहालको निधनले देश सोकाकुल बनेको भन्दै सोकलाइ शक्तिमा बदलेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिईन् ।
देश निर्वाचनमय भएका बेला एउटा अभिभावक नेताको घरमा परेको सोकले भावुक बनाएको भन्दै केसीले प्रचण्ड परिवारलाइ धैरेधारण गर्न आग्रह समेत गरीन् । कार्यक्रममा बोल्दै पुर्व राज्यमन्त्रि एबं नेकपा एमालेका नेता रामजि प्रसाद शर्माले दाहालको निधन अकल्पनिय भएको बताए । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसीले दाहालको निधनबाट बिचल्लित नभइ चुनावी मैदानमा जानुपर्नेमा जोड दिए । कार्यक्रममा चन्द्रबहादुर थापा, ध्रुबबहादुर केसी, राजमो नेता थानेश्वर सुवेदी लगायतले नेपालको कम्युनिष्ट आन्दोलनका योद्धा दाहालको निधनले देशलाइ अतुलनिय क्षती पु¥याएको बताए । माओबादी केन्द्रका केन्द्रिय सदस्य यज्ञबल्लव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कुशुम बुढाले गरेकी थिइन् । कार्यक्रम सम्पर्क कार्यालयमा भएको थियो ।
Previous Articleयस्तो छ केपी ओलीले सर्वसाधारणलाई लेखेको चिठी
Next Article जन्मथलोमा घरदैलो गर्दै कांग्रेस उम्मेदवार