शनिवार जिल्लाको छिस्ती र राङ्खानी बाट दुई वटा समाचार प्राप्त भए जुन समाचार मंसिर १० मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागी चुनावि मैदानमा होमीएका जिल्लाका दुई ठुला शक्तिहरु बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धन एक अर्कामा हलचल मच्चाउने खालका थिए । छिस्तीबाट प्राप्त समाचार अनुसार त्यहाँका कांग्रेस कार्यकर्ता करिव १ सय ५० को संख्यामा बाम शक्तिमा प्रबेश गरे र उनिहरुले बाम शक्तिको पक्षमा मतदातालाइ मतदान गर्न सहयोग गर्ने बचन बद्धता समेत गरेका छन् । अर्को सभाचार राङ्खानीबाट आयो जुन खवर अनुसार राङ्खानीको एउटा गाउँनै बाम शक्तिहरुको संगठन बाट कांग्रेस प्रबेश गरे र उनिहरुले यो निर्वाचनमा कांग्रेसलाइ सघाउने बचन बद्धता समेत व्यक्त गरे ।
यो बाहेक जिल्लामा चुनावी अभियानमा लागेका दलहरुले एक अर्काका कार्यकर्ता तान्ने प्रबृत्ति कायमै छ र सानो मात्रामा कार्यकर्ताहरु यता उता गरीरहेका छन् । समाचार स्रोतहरु सत्य छन र चुनावि माहोल सिर्जन ागर्नको लागि मात्रै अफबाह फैलाइएको होइन भने मतदाता कार्यकर्तामा आएको यो तरलता दलहरुले सोचेको चुनावी परिणामको बिपक्षमा हुन सक्छ । यदि आफ्नो दल वा गठबन्धनलाइ अव्वल सावित गर्नका लागी फैलाईएका अफवाह मात्रै हुन भने त्यसको नतिजा स्वयम अफवाह फैलाउनेहरुको बिपक्षमा हुने कुरामा दुईमत छैन् । चुनावको बेलामा मात्रै राजनितिक गतिबिधिलाइ सकृय बनाउने सभा सम्मेलन र कार्यकर्ताको भेटघाटलाइ द्रुत बनाउने नेपालका राजनितिक दलको परिपाठि गलत छ ।
अरु बेला जनताको सुख दुखको ख्याल नगर्ने र केवल मत आफ्नो पक्षमा पार्नको लागि चुनावको मुखमा मात्रै सञ्चालन हुने गतिबिधिका कारण मतदाता तथा कार्यकर्तामा तरलता आएको हुन सक्छ यस तर्फ दलहरुको ध्यान जान जरुरी छ । चुनावको बेला मात्रै हुने पार्टि प्रबेश र पार्टि परित्यागले कार्यकर्ताको पनि स्वार्थ लुकेको छ भन्ने कुरामा पनि दलहरुको उत्तिकै ध्यान जान जरुरी छ । चुनावको मुखमा आएर हुने पार्टिको परिवर्तन र नयाँ पार्टिको प्रबेशले एका तर्फ सस्तो लोकप्रियता मिल्ने र अर्को तर्फ समुहगत रुपमा पार्टि प्रबेश गरेर समुहको नाईकेले राजनितिक फाईदा लुट्ने गरेका उदाहरण हरु हाम्रो सामु छन् । चुनावको बेला कुनै पनि पार्टि वा उम्मेदवारलाइ कुनै अर्को पार्टिको कार्यकर्ताले सघाउँदा वा पार्टि प्रबेश गर्दा त्यसको असरले चुनावको नतिजामा ठुलो असर गर्छ त्यहि स्वार्थका कारण दल तथा उम्मेदवारहरु अन्यपार्टिका कार्यकर्ता भित्राउनमा लालाहित हुन्छन अर्को तर्फ यो बेलामा भएको गरेको पार्टिको परित्याग वा प्रबेशले समुहमा रहेका कार्यकर्ताहरुलाइ समेत नेता तथा संगठनले अलिबढी ध्यान दिने भएकाले उनिहरुले सांगठानिक र राजनितिक फाईदा दुटिरहेका हुन्छन् ।
चुनावको मुखमा आएर पार्टि परिवर्तन गर्दै सर्व साधारणमा पारिने भ्रमको अन्तय आवस्यक छ । पार्टि तथा संगठनका कृयाकताप चित्त नबुझेमा अन्य समयमा पनि पार्टिको परित्याग गर्न सकिन्छ तर निर्वाचनको संघारमा हुने यस्ता खालका गतिबिधिका कारण आम मतदातामा नकरात्मक असर पर्ने कुरामा स्वयम कार्यकर्ता, पार्टि तथा संगठनहरु सचेत बन्न जरुरी छ । राजनिति वा संगठन जनताको हितका लागी बनाईएका हुन् । तिनै संगठनको मौका छोप्ने प्रबृत्तिले जनताको मन दुखायो भने त्यो दुर्भाग्य शिवाय केही हुन सक्दैन् ।
Previous Article मंसिर १० को निर्वाचन र मतदाता शिक्षा
Next Article २०७४ मंसिर ४ गते सोमबारको राशिफल