बागलुङ, ३ मंसिर– ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा सञ्चालित अपांगता कक्षामा सहभागी बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ । २० जना अपांगता भएका बालबालिकाले अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीका अभिभावकलाई जिल्ला शिक्षा कार्यलय बागलुङले उपलब्ध गराएको ५० हजार वितरण गरिएको हो ।
एक कार्यक्रम गरी मासिक ५ सय रुपैयाँका दरले १० महिनाको प्रतिव्यक्ति ५ हजारका दरले कुल ५० हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको उत्तरगंगा मा.वि.का प्राध्यानाध्यापक धनबहादुर कुँवरले बताए । जिल्लाको क्षेत्र नम्बर २ का अपांगता भएका बालबालिकालाई लक्षित गरी बुर्तिबाङमा खाने बस्ने सुविधासहितको अपांगता कक्षा सञ्चालन भईरहेको छ ।
अपांगता कक्षाका लागि प्लान इन्टरनेशनल नेपालले भवन निर्माण गरिदिएको थियो । छात्रवृत्ति वितरण कार्यक्रमका प्रमुख उत्तर गंगा माविका प्रअ कुँवरले शारीरिक तथा बौद्धिक रुपले अपाङ्गता भएका विद्यार्थीहरुले चाहे जस्तोसुकै काम पनि गर्ने भन्दै अभिभावकलाई अब आउँदो शैक्षिक सत्रको सुरुमै आफ्ना बालबालिकालाई भर्ना गर्न आग्रह गरेका थिए । आफ्नो कार्यकाल सकिनै लागेकाले यो आफ्नो हातबाट विद्यार्थीलाई रकम वितरण अन्तिम रहेको बताउदैँ अपांगता कक्षालाई सक्दो सहयोग गर्ने बताए । अपांग सरोकार संघ बागलुङका पुर्वअध्यक्ष चुँडाबहादुर कुँवरले आफुले पनि सहयोग गर्ने बताउदै अन्य क्षेत्रबाट समेत सहयोग गर्न अपिल गरेका थिए । अपांग सरोकार संघ बागलुङका पुर्वअध्यक्ष चुँडाबहादुर कुँवरको अध्यक्षता अपांगता कक्षाकी शिक्षिका कल्पना भट्टराई र विद्यालयका शिक्षक विष्णु चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleअस्ताए प्रकाश दाहाल, अस्पतालमै आफन्तको रुवाबासी
Next Article विद्यालयलाई आर्थिक सहयोग