बागलुङ, २ मंसिर–मतदाता शिक्षा कार्यक्रमका लागि निसीखोलामा लगिएको सामाग्री शनिबार केही युुवाले लुटेका छन् । निसीखोला गाउँपालिका ३ का लागि गएकी मतदाता शिक्षा कार्यकर्ता राधिका शर्माको साथमा भएका केही सामाग्री च्यातेर फालेको र बाँकी लुटेर लगेका हुन् । ‘तपाईको कार्यक्रम अवरुद्ध गर्न आएका हौं, सबै सामाग्री दिनुहोस भनेर बाटो छेकेर सबै सामाग्री लगे’ शर्माले टेलिफोनमा भनिन्, ‘चार जना महिलाहरु मात्रै सामाग्री टाँस्ने, मतदातालाई सिकाउने गर्दै हिडेकोले प्रतिकार गर्न सम्भव पनि थिएन ।’ उनीहरुले अबदेखि यस्तो काम नगर्नु भनेर धम्की समेत दिएको शर्माले बताइन् । सामाग्री लुट्ने मध्येका दुइ युवाको प्रहरीले पहिचान गरेको छ । निसीखोला ३ कै लालबहादुर बुढा र सुन्दर बुढा भएको पत्ता लागेपछि प्रहरीले पक्राउका लागि खोजी गरिरहेको छ । उनीहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकोले कारबाही प्रकृया बढाउने प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए । राजनीतिक रुपमा उनीहरु कुन समूहका हुन् भन्ने खुलेको छैन ।
Previous Article२ मंसिर २०७४, ढोरपाटन दैनिक
Next Article कांग्रेस नेता रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार