कृष्णप्रसाद शर्मा
फेरी संसद र प्रदेशको चुनाव आयो । सामाजिक संजाल, गाउँ शहर जताततै चुनाव प्रचारमा मान्छेहरू लागी परेका छन् । सामाजिक संजालमा आफ्नो प्रोफाईल पिक्चर फेर्ने क्रम जारी छ । यसलाई समर्थनका रुपमा हेर्दा राम्रै छ । तर हरेक पटक चुनाव हुँदा पहिलाका केही गलत चुनावी प्रचार शैली यद्यपी कायमै छ । कतिपय ठाउँको आज पनि २५ बर्ष पहिलाकै शैली छ । व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन । चौवन्न सालका जुन स्तरको प्रचार शैली छ अझै उस्तै छ अधिकांश ठाउँमा । अहिले नयाँ पार्टिका रुपमा आएको विवेकशील साझाका उम्मेदवार र केही पुराना पार्टिका बाहेक अधिक मात्रमै पुरानै पारा छ । चुनावमा आचार संहिता पालनाका कुरै छोडौं । कसैले यसको वास्ता गरेका छैनन् । जाजरकोटका सांसद राजीव शाहले मतदातालाई पैसा दिँदै गरेको एउटा फोटो देखेंको थिए ।
राजीव शाहले त्यहाँ निजी प्रयासमा अस्पताल बनाउँदैछन् र परेको बेला गरेका छन् तर चुनावको बेला पैसा दिँदा उनको छबी मात्र होईन विकृतीको ठुटो बाँकी रहेको महसुस हुन्छ । यस्तै अरू एक दुई ठाउँमा पनि भएका छन् । पैसा एक किसिमले देशै भर बाँढ्छन् । स्थानीय चुनावमा बाग्लुङमा केन्द्रिय स्तरका व्यापारीहरूले समेत पैसा लगानी गरेको कुरा सुन्नमा आएको थियो । अतः पैसाको मत किन्ने चलन अझै छ । भनौं मतको भाउ बढेको छ । मत हाल्न ठीक परेका मान्छेहरूलाई लाईनमा गएर पैसा बाँड्ने संस्कार अझै कायम छ । अर्को हो, गाली गलौज । यो चुनावमा पनि चुनावी सभामा फरक पार्टिबाट उठेका आफ्नो प्रतिस्पर्धिलाई तोकेरै गाली गलौज गर्ने कायमै छ । काठमाण्डौ १ मा विवेकशील साझाका उमेदवार रवीन्द्र मिश्रलाई काँग्रेसका प्रकाशमानले डलर कमाउनेले केही गर्दैन लगायत गाली गरेर मिश्रका बाबुलाई समेत गाली गरे । उनको मात्र होईन गगन थापा बिरुद्ध र राजन भट्टराई बिरुद्ध समेत एक आपसमा गालीमा झर्दैछन् । विमलेन्द्र निधिले राजेन्द्र महतोका विरुद्ध पनि खनिएका छन् भने ललितपुरमा पनि त्यस्तै छ । उता ललितपुरमा नवराज सिलवाल र उदय शमशेर पनि हिलो छ्यापाछ्याप गर्न थाली सके । विदेशमा यसरी व्यक्ति विशेषमा गाली गलौज भन्दा विकासका बुँदामा तर्क वितर्क हुन्छ ।
तर हामी कहाँ अझै चुनावको एक दुई दिनको अगाडी तल्लो स्तरमै झरेर गाली गलौज गर्ने गर्दछन् । चरित्रहत्या । गाली गलौज गरेर पुगेन भनेपछि उमेदवारको चरित्र हत्या गर्ने खालका समाचारहरू बनाईन्छ । चुनावलाई मध्येनजर गरेरै अहिले अनलाईन खुलेका छन् । पार्टिबाट पैसा लिने कसैका विरुद्ध लेख्ने अनि चुनाव पछि बन्द गर्ने यस्ता खालका अनलाईन पनि अब आउँदैछन् । अझ कति खुल्नेवाला छन् । गगन थापाले पैसा खाएर जिमखान खोल्यो । राजन भट्टराईले भारतको पैसा खायो । यि दुई नमुना हुन । अझ एनजिओले चलाएको पार्टि हो विवेकशील साझा । क्रिश्चियनले चलाएको मिशन आदी आदी । छोरा मान्छे भए महिला र महिला भए छोरा मान्छेसंग जोडेर चरित्र हत्या गर्ने काम पनि हुन्छन् । भोज भतेर गर्ने । चुनावका बेला कुनै निश्चित ठाउँमा बोलाएर भैसीं, राँगा, बोका काट्ने पंचायती शैलीमा खासै परिवर्तन आएको छैन । प्रचार गर्न हिडेपछि कार्यकर्ताले खाने खाजा आफ्नो ठाउँमा छ तर भोटलाई प्रभाव पार्ने गरी भोज भतेर गरेका कुरा अहिले सामाजिक संजालमा देख्न पाईन्छ । यो गलत शैली हो जसले चुनावलाई समेत महंगो बनाएको छ । टिकट पाएर पनि पैसाको अभावमा चुनाव नलडेका केही असल नेताहरू पनि छन् । भोज भतेर गर्नु हाम्रा समाजमा मतका लागी मात्रै हो । अघिपछि छोईछिटो गर्नेहरू पनि यति बेला सहभोज गर्दछन् । अन्धभक्त । विदेशमा अघिल्लो पटक चुनावमा प्रतिवद्ध गरेका कुराहरू पुरा नभए आउने चुनावमा फरक पार्टिलाई मत दिन्छन् र कार्यकर्ताले समेत छोडछन् पार्टि तर यहाँ अन्धभक्त शैलीमा प्रचार गरिन्छ । प्रचारमा अघिल्लो पटक के–के काम गरियो त्यो बर्णन गरिंदै मात्र भनिन्छ यो यति पुरानो पार्टी हो मात्र । गरेको कामलाई होईन अन्धभक्त शैलीमा प्रचारमा हिड्छन् । गुण्डा शैली । चुनाव आएपछि चन्दा पनि गुण्डा शैलीमा उठाउने ।
भोट माग्ने पनि त्यही शैली । हुन त काँग्रेस, एमाले, माओबादी र रा.प्र.पा मा गुण्डा नै उमेदवार छन तर जुन ठाउँमा गुण्डा उठेका छैनन् त्यहाँ पनि तरीका गुण्डा कै छ । फजुल प्रतिवद्धता । चुनावका बेला पुरा गर्न समेत बषौं लाग्ने कुराहरू घोषणापत्रमा राखेर जनतालाई भ्रममा पारिन्छ । यो शैली धेरै पुरानो हो अझै चलेकै छ । रेल आउने कुरा ठीक हो एक बर्ष आई हाल्छ भन्नु झुट हो । काँग्रेस र कम्युनिष्ट दुबैको घोषणापत्रमा गफगाफ धेरै छन् । ठोस नीति छैन । जनतालाई झुक्काउने काम गर्नु हुन्छ । यो गलत शैली भयो । प्रतिवद्धता गर्ने तर काम नगर्ने । शेर बहादुरले एउटा सभामा चौवालीस सेकेण्ड भाषण गरेर भने रुखलाई भोट दिनुस् सब समाधान हुन्छ । प्रधानमन्त्री जस्तो मान्छेको तरिका यस्तो छ । कम्युनिष्ट पनि एक सय एक निस्के । मानसिक र सामाजिक त्रास । यो चुनावमा पनि भोटरलाई मानसिक र शारीरिक तनाव दिने गरेका छन् । यदि हामीलाई भोट नदिए भोली यही ठाउँमा बस्ने त होला भन्ने अनि हामीलाई भोट नदिए कम्युनिष्टले रुन दिन्न, अधिनायकबाद आउँछ । काँग्रेस आए फेरी दुःख पाउँछौ । यो दुवै तर्फले दिएको मानसिक धम्की हो । यो चुनावको प्रचार शैली पुरानै छ । अझै कतै कतै बुथ कब्जै हुने होकी भन्ने सम्ममा पनि छन् । चुनावमा मान्छे नआए पनि शैली पुरानै छ । काम पनि त्यो पुरानै शैलीमा नहोस् ।