बागलुङ, २२ कात्तिक – एमाले र माओवादी केन्द्र सम्मेलित वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। दुवै पार्टीका शिर्ष नेताको उपस्थितीमा मंगलबार राजधानीमा घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावीमात्र नभई देश वदल्ने घोषणापत्र भएको दावी गरे। गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र सर्वोत्कृष्ट रहेको बताउँदै ओलीले गठबन्धनको घोषणापत्र संयुक्त राष्ट्रसंघको दिगो विकासको घोषणासंग तादाम्यता राख्ने बताए। कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७० वर्षदेखिको नेपाली राजनीतिको अस्थिरता अन्त्य गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर घोषणापत्र तयार गरिएको बताए।
यस्तो छ गठबन्धनको घोषणापत्रको पूर्णपाठ :
Previous Articleबेइजिङमा ट्रम्पलाई ‘स्टेट भिजिट प्लस’ सम्मान
Next Article निर्वाचन : मतपत्र छोटा तर मतदान प्रक्रिया झन्झटिलो