विमल नेपाली
गुल्मी, २२ कात्तिक – प्रतिनिधि सभा क्षेत्र नम्बर २ गुल्मिका वामगठवन्धनका उम्मेदवार गोकर्ण विष्टले आफुलाई मतदान गर्ने र यस क्षेत्रका जनताको शिर सधैं उचो हुने गरि काम गर्ने वताएका छन ।
सयुक्त वाम गठवन्धन मुसिकोट नगरपालिका – २ ले आयोजना गरेको चुनावी कार्यक्रम लाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव समेत रहेका विष्टले आफुलाई मत दिने र नदिने सवैलाई समान ब्यवहार गर्ने, कुनै पक्षपात नगर्ने बताए ।
उनले जनताका तमाम समस्या को समाधानका लागि आफु चुनावी मैदानमा रहेकाले यस क्षेत्रका जनतालाई शिक्षा ,स्वास्थ , खानेपानी ,सडक, विधृतको कुनै अभाव हुन नदिन दावी गरे ।
“ म सासँद नहुदा पनि मन्त्री भएको मान्छे हुँ” उनले भने, “यसकारण मलाई सासंद र मन्त्री हुनका लागि उम्मेदवार वन्नु छैन, मत जनताको आर्थिक स्तर माथि उठाउदै जनता मालिक वनाउनु छ ।” उनले अहिले निर्माण भएको वाम गठवन्धनपछि वन्ने सरकारले मुलुकलाई निकास दिदै आर्थिक स्तरमा ठुलो फड्को मार्ने बताए ।
मुसिकोट नगरपालिका २ का खस्थोक, देउराली ,कालिरह, वगैचा लगायतका स्थानमा कार्यक्रम भएका थिए । कार्यक्रममा प्रदेश सभाका उम्मेदवार खडक केसि, मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा लगायतको सहभागिता रहेको थियो ।
उम्मेदवार विष्ट भन्छन- जनताको आर्थिक स्तर माथि उठाउदै मालिक वनाउनुछ
Previous Articleयस्ता छन् वाम गठबन्धन घोषणापत्रका दावी
Next Article बगिरहेका खोलाबाट उज्यालो नेपाल बनाउने पौडेलको घोषणा