बागलुङ, २१ कार्तिक– गत भदौ पहिलो साता बागलुङ उद्योग बाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिले आयोजना गरेको तिज महोत्सवको खर्च सार्वजनिक गरेको छ । नेपाली महिलाको महान चाडको रुपमा चिनिएको तिजलाई उल्लासमय बनाउन समितिले ३ दिन सम्म तिज महोत्सव आयोजना गरेको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले नेपाली मौलिक गीत संगीत सूगै सडकमै बनाइएका विभिन्न स्टलमा खानाका परिकार खाने व्यवस्था पनि गरिएको थियो । महोत्सवमा भएको खर्चलाई सही सदुपयोग गर्दै पारदर्शी बनाउन आयव्याय सार्वजनिक गरिएको अध्यक्ष भगवती केसीले बताईन् ।
महोत्सवमा समितिले गरेका कामको समिक्षा समेत गरेको छ । सामाजिक न्याय, लैङिक समानता र स्वतन्त्रताको आवाज, लोक संस्कृति सूगै सभ्य र समृद्ध समाज भन्ने नारालाई महोत्सवको नारा तय भएको थियो । महोत्सवमा ७ लाख ४३ हजार ८ सय रुपैयाू आम्दानी भएकोमा ६ लाख २९ हजार ६ सय ५० खर्च भई १ लख १४ हजार ९ सय ९९ रुपैयाू बचत भएको अध्यक्ष कोषाध्यक्ष शर्मिला खड्काले बताईन् । महोत्सवको कारण महिलाहरुले तिजको खुसीयालीमा रमाउने, माईती नभएका चेलीले माईतीको अनुभव पाउने अवस्था बनेको थियो ।
Previous Articleबाम गठबन्धनको घोषणा पत्र सार्वजनिक हुँदै
Next Article तामा र फलामखानी बाट रोजगारीःबिष्ट