विमल खड्का
बुर्तिबाङ, २० कार्तिक – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ का साझा वामपन्थी उम्मेदवार देवेन्द्र पौडेल सुनिलले मुलुकमा समाजवादी राज्य व्यवस्था स्थापना गर्न वाम गठबन्धन गर्नुपरेको बताएका छन् । वाम गठबन्धनले सोमबार ढोरपाटन नगरको खुङ्गामा गरेको चुनावी सभामा उनले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनका लागि वामपन्थीको जित आवश्यक रहेकोमा जोड दिए । ‘समृद्ध नेपालको स्पष्ट मार्ग चित्र हामीसँग छ,’ उनले भने, ‘राज्य प्रणालीलाई समाजवादी बाटोमा अघि बढाउँदै देशको विकास र समृद्धिमा लैजान हाम्रो ध्यान केन्द्रीत छ ।’

उनले राज्य सञ्चालनमा बिपन्न, पछाडी परेको वर्ग, महिला र दलितको समावेशी प्रतिनिधित्व वामपन्थीले स्थापित गरेको बताए । ‘ज्यष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गाताको लागि सामाजिक सुरक्षा भत्ताको सुरुवात पनि हामीले नै गर्यौं,’ पौडेलले भने, ‘जनताको पक्षमा काम गर्ने वामपन्थी नै हुन् ।’ उनले बुर्तिबाङ खुङ्गा तमान हुँदै म्याग्दी जोड्ने मोटरबाटो स्तरोन्नतीको कामलाई पहिलो प्रथामिकतामा राखेर विकास स्थानीय आवश्यकताका आधारमा विकासको पहल गर्ने बताए ।
निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–२ का साझा उम्मेदवार टेकबहादुर घर्तीले नेपाली काङ्ग्रेसले धेरै पटक सत्ता संचालन गरे पनि जनताका अधिकारलाई सम्बोधन नगरेको बताए । ‘अब हामीले गछौँ जनताका काम उनले भने, ‘यो पटक हामीलाई काम गर्ने अवसर तपाईहरुले अवश्य दिनुहुनेछ ।’
अखिल नेपाल किसान महासघका स्थायी कमिटि सदस्य तथा प्रदेश सभाका समानुपातिक उमेदवार मोहनलाल शर्मा, बागलुङ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र दुङ्गाना, ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली, अखिल नेपाल महिला संघ क्रान्तिकारी बागलुङका अध्यक्ष कुशम बुढाले वामपन्थीको जित सुनिश्चित भईसकेको भन्दै यसको मंसिर १० गते जनताले मतमत्रमा आफ्नो भोट दिएर त्यसलाई प्रमाणित गर्ने बताए । उनीहरुले अब मुलुकलाई सुशासन र समृद्धिको बाटोमा हाँक्न वामपन्थीको विकल्प नरहेको बताए ।

राष्ट्रिय जनमोर्चाका तिलक पुनको अध्यक्षता, नेकपा माओवादी केन्द्रका दलबहादुर श्रीपालीको स्वागत र नेकपा एमाले जिल्ला सदस्य चिन्तामणी शर्माको संचालनमा भएको थियो । कार्यक्रममा नेकपा माओवादि पोलियुटव्युरो सदस्य तथा बागलुङका ईञ्चार्ज फमलाल निउरे, बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–२ का निर्वाचन परिचालन संयोजक तथा जनमोर्चा नेता धर्म कुवर, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगर, अखिल छैठौंका केन्द्रीय महासचिव भिमलाल पोखरेल लगाएतको उपस्थित रहेको थियो । कार्यक्रममा नयाँ शक्ति नेपालबाट ४० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए