आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी सम्बन्धित पक्षले अन्तिम चरणमा पु¥याएको छ । कर्मचारीको खटनपटनदेखी सुरक्षाको प्रत्याभुति सम्मका काममा सरोकारवाला पक्ष लागि परिरहेको छ । चुनावको प्रचारका लागि एकातर्फ दलहरु युद्धस्तरमा लागेका छन्भने मतदातालाई कसरी आफ्नो मताधिकार प्रयोग गर्ने भन्ने बिषयमा जानकारी गराउन राज्य तहबाट सञ्चालन हुने मतदाता शिक्षा पनि सञ्चालनको तयारीमा रहेको छ । संबैधानिक समस्याका कारण नमुना मत पत्रको छपाईमा भएको ढिलाईले मतदाता शिक्षा प्रभावित भएको भएपनि एक दुई दिनमा नै मतदाता शिक्षा सञ्चालन हुने जिल्लास्थित निर्वाचन कार्यालयले जानकारी गाराएको छ । मतदाता शिक्षा निर्वाचनको महत्वपुर्ण बिषय हो र यसलाई प्रभावकारी बनाउन जरुरी छ ।
मतदाता शिक्षा प्रभावकारी भएन्भने मतदाताको अमुल्यमत बदर हुने संभावना बढेर जान्छ । बागलुङको सन्दर्भलाई हेर्ने होभने विगतमा भएका निर्वाचनमा बदर मतको संख्या कम देखिन्छ तर त्यसैलाई आधार मानेर ढुक्क हुने अवस्था भने छैन् । देशमा विभिन्न कालखण्डमा भएका निर्वाचन अलग–अलग व्यवस्थामा भएका र मतपत्र समेत अलग–अगल भएकाले बदर मतको प्रतिशत हेर्दा फरक खालको आँकडा भेटिने गरेको छ । २०७० सालमा भएको संबिधानसभाको निर्वाचनमा जिल्लामा ४ प्रतिशत मत बदर भएका छन् । यो निर्वाचनमा मतदाताले दुईवटा मतपत्रमा मतदान गर्न पाउने व्यवस्था थियो । यस निर्वाचनमा कुनै एउटा मत पत्रमा मतदाताले नियम संगत ढंगले मतदान नगरेको भए मतपत्र स्वतःबदर हुने व्यवस्था थियो । २०७४ सालामा भएको निर्वाचन अलि फरक खालको आँकडा आएको छ । यो निर्वाचनमा मतदाताले एउटै मत पत्रमा सात वटासम्म मत दिन सक्थे र कुनै एउटा चिन्हमा नियम संगत ढंगले छाप नलगाएको भए सोही मत मात्रै बदर हुने र मतपत्रका अन्य मतहरु सदर हुने व्यवस्था थियो । यसरी हेर्दा २०७४ निर्वाचनमा पुर्ण बदर मतको संख्या निकै कम अर्थात ०.८ प्रतिशत मात्रै छभने आंशिक बदर भएका मत भने १४ प्रतिशतसम्म थिए । यसरी बदर मतको संख्यालाई हेर्दा अलग–अलग प्रयोजनको लागि भएका निर्वाचनमा अलग–अलग खालको आँकडा आएको पाईएको छ । यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फको मतपत्र छुट्टा–छुट्टै छापिने भएको छ ।
यस्तो व्यवस्था अनुसार यसपटकको निर्वाचनमा मतदाताले तिनवटा मतपत्रमा ४ वटा छाप लगाउन पाउने छन् । यसपटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टा–छुट्टै दुईवटा मतपत्र र समानुपातिक तर्फको एउटा मतपत्रमा भोट हाल्नु पर्नेछ । समानुपातिकतर्फ पनि मतदाताले प्रदेश र प्रतिनिधिसभाका लागि छुट्टा–छुट्टै भोट हाल्नु पर्नेछ । समानुपातिक तर्फको मतपत्र रातो छभने प्रत्यक्ष तर्फको मतपत्र सेतो भूईमा हरियो मसीले छापेको हुनेछ । यस हिसाबमा एक जना मतदाताले चारपटक भोट हाल्नु पर्ने हुन्छ । मतदातालाई उचित मतदाता शिक्षा दिने होभने यसपटक बदर मतको संख्या अझै घटेर जाने निश्चित छ । मतदान र आफ्नो मतको सदुपयोगको लागि मतदाताले पनि जन्ने बुझ्नेहरु सँगबाट मतदानको प्रकृया र आफ्नो मतको सदुपयोगको बिषयमा छलफल गर्न जरुरी छ ।
Previous Article चिसो मौसम, तातो राजनीति
Next Article २०७४ कार्तिक १५ गते बुधबारको राशिफल