बागलुङ, १३ कार्तिक–महिला उद्यमशीलता सहकारी संस्था बागलुङको १९ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका प्रधान संस्थापक संरक्षक एबं साहित्यकार प्रेम छोटा, संस्थाका सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, सहकारीका संस्थापक अध्यक्ष ईन्द्र श्रेष्ठ, डिभिजन सहकारीका दुर्बल काजी राजभण्डारी, पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल र संस्थाका शेयर सदस्य बिना कार्कीले बोलेका थिए । कार्यक्रममा संस्थाका सचिव अर्चना पालिखेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष ज्योती श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७३÷७४मा ४ करोड बढिको कारोबार गरेको छ । १४ हजार रुपैयाबाट शुरु गरेको सहकारीले हाल १ करोड ५३ लाख ऋण लगानी गरेको र ६९ लाख शेयर पुंजी संकलन गरेको छ ।