संविधान कार्यान्वयनको चरणअन्र्तगत प्रनिनिधिसभा र प्रदेश सभाको चुनाव नजिकिदैछन् । वामपन्थी र प्रजातान्त्रिक धु्रवमा विभाजित भएका राजनीतिक दलहरुले चुनाव प्रचार–प्रसार अभियानलाई जोडतोडका साथ अगाडि बढाईरहेका छन् । नेपालको राजनीति दुई धु्रवमा विभाजित भएपछि प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव निकै नै पेचिलो हुने अनुमान गरिएको छ ।
वामपन्थी दलहरुले एकाएक चुनावी तालमेलसंगै पार्टी एकता गर्ने सहमति गरेपछि अत्तालिएको नेपाली कांग्रेसले चुनाव सार्नको लागि मतपत्रलाई लिएर बखेडा झिक्ने काम ग¥यो । यद्यपी सरकारको नेतृत्वकर्ता कांग्रेसको चुनाव सार्ने अभिष्टलाई सर्वाेच्च अदालतले पुरा हुन दिएन् । संविधान कार्यान्वयनको लागि घोषित समयमै चुनाव गर्नुपर्ने बाध्यतालाई अब कुनै प्रपञ्च गरेर रोक्न मिल्दैन । राजनीतिक दलहरु चुनाव प्रचारप्रसार अभियान जुटेका छन् । जनताहरु पनि मतदान गर्नको लागि व्यग्र प्रतिक्षित छन् ।
चुनाव नजिकिदै गर्दा बिर्तामोडको गोली काण्ड घटनाले निर्वाचनलाई प्रभावित गर्ने संकेत गरेको छ । एक बालकको मृत्यको विषयमा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै आन्दोलित बनेका आफन्तजन माथि सुरक्षाकर्मीले गोली बर्साएपछि बिर्तामोड अहिले तनावग्रस्त भएको छ । अर्जुनधारा–११ निवासी अर्जुन शिवाकोटीको मृत्युको विषयमा प्रर्दशन गरेका आफन्तजनमाथि प्रहरीले गोली वर्षाउँदा सर्वसाधारणा गंभीर घाईते भएका छन् । प्रहरीको गोली लागेर सर्वसाधारणको ज्यान गएको बताईएपनि एकीन तथ्यांक भने बाहिर आएको छैन । निर्वाचनको सम्मुखमा भएको गोली काण्डले निर्वाचनलाई प्रभावित सक्छ । त्यसैले मृतक बालकको विषयमा प्रहरीले गंभीर अनुसन्धान गर्नुपर्छ भने प्रहरीको गोली लागेर घाईते भएकाहरुको उपचारसंगै राहतको पनि व्यवस्था गर्नुपर्छ । शान्तिपुर्ण रुपमा भएको प्रर्दशनमाथि प्रहरीले दमन गर्नुको सरकारविहिनताको पराकाष्ट हो ।
गृह मन्त्री ज्यूले यसको जवाफ नागरिकलाई दिनुपर्छ । बिर्तामोडको गोलीकाण्डले राजनीतिक दलहरु पनि विभाजित भएका छन् । घटनाको विषयलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका छन् । उनीहरुले आफ्ना कार्यकर्तामाथि ताकीताकी गोली प्रहार गरेको भन्दै विरोध जनाएका छन् । घटनाको विषयलाई लिएर सरकार भने खासै संवेदनशिल बनेको देखिदैन । देश निर्वाचनमय भईरहेका बेला नागरिकको ज्यानै जाने घटना हुनु राम्रो होइन । नागरिकको जिउज्यानको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो । सरकार यस्ता विषयमा संवेदनशिल हुनुपर्छ । अर्काेतर्फ चुनावलाई हिंसात्मक घटना नहोलान् भन्ने स्थिति पनि छैन । देशमा अहिलेसम्म भएका चुनावमा देशका कतिपय ठाउँमा नागरिकको ज्यानै जाने घटना भएका छन् । यस्ता घटना हुन नदिनको लागि सरकारले सुरक्षा व्यवस्थालाई कडा पार्नुपर्छ । जबसम्म नागरिकले ढुक्क भएर मतदान गर्ने अवस्था सिर्जना हुँदैन तबसम्म स्वच्छ निर्वाचनको परिकल्पना पनि गर्न सकिदैन । त्यसको लागि सबैभन्दा जिम्मेवार सरकार हुनुपर्छ ।
Previous Articleसमृद्विका लागि सिक्नुपर्ने कुरा
Next Article तीन विद्यालयमा भर्चुअल क्लास