बागलुङ,५ कार्तिक–निर्वाचन कार्यतालीका अनुसार आइतवार बागलुङमा ८ राजनितीक दल र ३ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् नेकपा एमाले, माओबाद्री केन्द्र र राष्ट्रिय जनमोर्चा सहितको बाम गठबन्धन, नेपालि कांग्रेस, राट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादी, संघिय समाजवादी फोरम, नेकपा माले र नयाँ शक्ति नेपाल लगायतका दलहरुले मनोनयन दर्ता गराएका हुन् । बागलुङका दुवै निवाचन क्षेत्र र एक प्रदेशको िनर्वाचन क्षेत्रका लागी स्वतन्त्र उम्मेदवारी परेको छ ।
बागलुङको क्षेत्र नं १ मा गंगाबहादुर थापा र बागलुङको क्षेत्र नं २ मा धनबहादुर बिकले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । त्यस्तै बागलुङको क्षेत्र नं २ को २ मा ददीराम शर्माले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्बाचन अधिकृत बिकासचन्द्र शर्माले जनकारी दिए ।बागलुङ बाट संघिय संसदको लागी १२ जना र प्रदेश सभाको लागी १७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यतालीका अनुसार आइतवार नै उम्मेदवारहरुको सुचि प्रकाशन भएको छ । सोमबार उम्मेदवारहरुका बिरुद्ध उजुरी गर्ने समय तालीका छ भने उम्मेदवारका बिरुद्ध परेका उजुरीहरुको जाँच पछि सुचि प्रकाशनको कार्यक्रमरहेके शर्माले जानकारी दिए । तालीका अनुसार कार्तिक ८ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुने छ भने ८ गते साँझ सम्ममा सबै उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह उपलव्ध गराउने कार्यतालीका रहेको शमाले बताएका छन् ।