बागलुङ,३१ असोज– यमपञ्चकको पहिलो दिन आज कागतिहार हो । आजको दिन नेपालीहरुले आ–आफ्नो घरआँगनमा कागलाई डाकेर विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्छन् । आजको दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । नेपाली समाजमा कागलाई सन्देशवाहक पंक्षीको रुपमा लिइन्छ । साथै समस्त पंक्षीहरुमध्ये सबैभन्दा चतुर पनि मानिन्छ । वरिष्ठ पंक्षीविद हरिशरण नेपालीका अनुसार संसारभर काग प्रजातिका पंक्षीहरु १०० किसिमका छन् । नेपालमा भने १४ किसिमका कागहरु भेटिने उनले बताए ।