कृष्ण प्रसाद शर्मा
कुनै बेला नेता लोकेन्द्र बहादुर चन्दले राजनीतिमा देखिएको नैतिक पतनलाई ईङगित गर्दै मुसा प्रवृतिको संज्ञा दिएका थिए । आज नेपाली राजनितिमा तल्लो तहदेखी माथिल्लो तहसम्म यो मुसा प्रवृति हाबी छ । गाउँमा आँफुलाई राजनीतिज्ञ सोच्ने एक जना छन् । उनी भारत बस्दा मोटो मशाल, अनि पातलो मसाल, अनि जनयुद्धमा माओबादी, आफ्ठारो पर्दा काँग्रेस, पछि नयाँ शक्ति अहिले फेरी बाबुराम फर्के नफर्के पनि माओबादीका उच्च नेतालाई पहिलै फोन गरेर अब पुरानो घरमा आउँछु भन्थे रे । त्यस्तै एउटा कर्मचारी जागिर खाँदा मसाल थिए, सरुवा हुन एमाले, घरपायकका लागि काँग्रेस र काज थमाउँदा थमाउँदै हाल खुङखार माओबादी भएका छन् । यि हुन गाउँका मुसाहरु । मुसा गाउँदेखी शहरसम्म छ्यापछ्याप्ती छन् । कमल थापा पंचायती व्यवस्थादेखी हालसम्म एकनासले राजनीति गरेका छन् । उनले परराष्ट्र समाल्दा उनले भारतको नाकाबन्दीविरुद्ध खुला रुपमा बि.बि.सी बार्ड सर्भिसमा बोलेका थिए । परराष्ट्रमा अहिलेसम्म कर्मचारीले केही सिकाउनै नपरी काम गर्न सक्ने व्यक्ति कमल थापा हुन भन्छन् परराष्ट्रका धेरै कर्मचारीले । यो कमल थापाको क्षमताको कुरा रहो । अब उनको राजनैतिक प्रवृति हेरौं ।
अस्ति मात्रै शेरबहादुर देउवाको मन्त्री परिषदमा उप्रधानमन्त्री भए । उनीसहित अहिलेसम्म जम्मा मन्त्रीको संख्या ६४ पुग्यो । उनले संसदमा अझै थप गर्न सक्ने ठाउँ रहेको बताए । शेर बहादुरले केही दिन अगाडी राप्रपाबाट फुटेर गएका प्रजातान्त्रिक राप्रपाका मन्त्रीहरूलाई सपथ खुवाउन लाग्दा कमल थापाले यो निर्वाचन आयोगको आचार संहिता उल्लङघन भयो भनेर गुनासोसहित टुईट गरेका थिए तर एक हप्तापछि उनी आँफै उपप्रधानमन्त्री भएर सपथ खाए । यो भन्दा ठुलो विचलन के हुन सक्ला । चुनावको मिति तोकि सकिएपछि सरूवा बढुवा समेत केही गर्न नपाईने भएपनि शेरबहादुरले मन लागेको गरेका छन् । पत्रकार हरि रोकाले कंलक नै भए शेर बहादुर भनेर टुईट गरेका छन् । कलंकका साझेदार बनिसकेका शेरबहादुरका एक थपिन पुगे कमल थापा । केही महिना पहिला मात्रै शेरबहादुरको मन्त्रीपरिषद् छोडेकाहरू फेरी छिरी रहेका छन् । पार्टि चाहे सानो होस् वा ठुलो नैतिकता भने हुनुपर्छ ।
चित्र बहादुर केसीको पार्टि सानो छ तर राष्ट्रियताका सवालमा पनि अडिक छभने सरकारमा जान मरीहत्ते पनि गर्दैनन् । तर कमल थापाहरू जुन व्यवस्था आए पनि पद पाईन्छ भने मुसा जस्तै छिरी हाल्ने प्रवृति छँदैछ । कमल थापा मात्र होईन एक सिटेहरू समेत सरकारमा बसेका छन् । अझ उनीहरूको पदको बार्गेनिङ निकै छ । क्रिश्चिय धर्मका प्रचारक एकनाथ ढकाल पनि मुसा प्रवृतिका एक पात्र हुन । उनले अपनाएको धर्मसँग उनको आचारण समेत ठीक छैन । आफ्नो परिवारको मृत्यु हुँदा हिन्दु परम्परा अनुसार गर्ने तर प्रचार अन्य धर्मको गर्ने यस्तै प्रवृतिले मुसाबाद जन्मेको छ । अहिले तराई मधेशका पार्टिबाट फेरी भटाभट निस्केर अन्य पार्टिमा प्रवेश गर्दैछन् । केही वर्ष अघिसम्म राम्रै छबी रहेका ह्रदयस त्रिपाटी अब एमालेको सुर्य चिन्ह लिएर उठ्दैछन् । यो उनको लागी मात्र होईन राजनीतिको दुषितिकरण हो । यो कदम पनि मुसाबादको एक पाना हो । राजपाबाट अहिले केही एमाले, केही काँग्रेस केही माओबादी केन्द्रमा प्रवेश गरेका छन् । यो पदका लागी हो यहाँ न कुनै त्याग न कुनै सिद्धान्त । मनाङका दिपक मनाङे कुनै बेला राप्रपा थिए, कुनै बेला काँग्रेस अहिले फेरी एमालेमा प्रवेश गरेर टिकट पनि सर्वसम्मत गराएर केन्द्रमा पठाए ।
यो भन्दा लज्जा के होला । उनको छवीको कुरा छोडौ प्रवृति हेरौ । सांगीतिक क्षेत्रमा राम्रो स्थापित गायिका कोमल ओली सक्षम छिन् उनको क्षेत्रमा तर उनी पहिला राप्रपामा प्रवेश गरिन, स्थानिय चुनावमा राप्रपाले गतिलो नतिजा नल्याएपछि अहिले फेरी एमालेमा छिरिन । अनि दाङबाट टिकटको लागी कसरत गर्दैछिन् । यो एउटा मुसा प्रवृतिको अनुपम उदाहरण हो । यो निर्वाचन आयोग यति निरिह छ कि उसले मन्त्रीमण्डलको बिस्तारमा बिरोध गर्नुपर्ने ठाउँमा मन्त्रीमण्डल बिस्तारले निर्वाचनलाई असर पर्दैन भन्दिए । उनी पनि मुसा प्रवृतिका मतियार बने । पदका लागी कति गर्ने कति नगर्ने सामान्य नैतिकताको ख्याल नगर्नेले बेलायतको संसदीय अभ्यास गर्नु र भ्रमण टोली लिएर अवलोकनका लागी जानु हस्यास्पद हो । कुनै बिशेष परिस्थित भए त हो नत्र जीवनमा कमाउँ र खाउँ बाहेक कुनै पनि उच्च बिचार नरहेकाहरूले यो संसदीय ब्यवस्थालाई कमाई राखे भाँडोको रुपमा प्रयोग गर्ने बाहेक केही नहुने भयो ।