पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालयमा पाँच हजार लिटरभन्दा बढि मदिरा नष्ट गरिएको हो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत अबैध गाँजा र मदिरा नियन्त्रण अभियानका क्रममा सदरमुकाम कुश्माबजार तथा आसपासका क्षेत्र तथा मोदी गाउँपालिका अन्तर्गत डिमुवा, पातीचौर, जलजला गाउँपालिका अन्तर्गत मिलनचोक, वारीबेनीबाट उक्त मदिरा बरामद गरिएको थियो । अबैध मदिरा उत्पादन तथा बिक्री गरेको सुचनाका आधारमा खोजतलास गर्दा उक्त मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलिप घिमीरेले जानकारी दिए । स्थानीय स्तरमा उत्पादन गरिने मदिराका कारण समाजमा नकारात्मक असर पार्ने र गुणस्तरहिन मदिराको सेवनबाट जनस्वास्थ्यमा पनि प्रतिकुल असर पार्ने भएकाले मदिरा उत्पादन र विक्रि वितरण गर्ने स्थानमा कडाई गरिएको घिमिरेले जानकारी दिए । उनले अन्य स्थानहरुमा पनि मदिरा नष्ट गर्नका लागि अभियान नै संचालन गरिएको बताउनुयो । प्रहरीले यसअघि जिल्लाभरीबाट पाँच हजारभन्दा बढि गाँजाका बोट समेत फँडानी गरी नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटहरुको सक्रियतामा गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ ।
Previous Articleलाखौं प्रदेशी रुवाउने गित ४ बजेको अलाराम ।
Next Article पहिचान बन्दै ‘मारुनी’ नाच