बागलुङ, २४ असोज– बागलुङका पत्रकार हरिनारायण गौतमलाई नेकपा एमाले प्रदेश नं. ४ को प्रदेश कमिटीले मंसिरमा हुन गइरहेको संघिय संसद (प्रतिनिधीसभा)को निर्वाचनमा उम्मेदवारका लागि सिफारिस गरेको छ । नेकपा एमाले प्रदेश संगठन कमिटी ४ नं. को सोमवार पोखरामा समपन्न वैठकले मंसिरमा हुन गइरहेको निर्वाचनका लागि पत्रकार गौतमलाई प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवारमा सिफारिस गरेको हो ।
एमाले ४ नं. प्रदेश संगठन कमिटीका सहसंयोजक गणेश तिमिल्सिनाले पत्रकार हरिनारायण गौतमलाई पार्टीको बागलुङ जिल्ला कमिटीले दिएको राय सुझावको आधारमा प्रतिनिधीसभामा समानुपातिकतर्फको उम्मेदवारका लागि पार्टी स्थायी कमिटी समक्ष सिफारिस गरिएको हो ।
तिमिल्सिनाका अनुसार प्रदेश संगठन कमिटीको वैठकले ४ नं. प्रदेश अन्तरगतका जिल्लाहरुबाट आएका राय सुझावका आधारमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुलाई सिफारिस गरी पार्टी केन्द्रमा पठाइएको छ ।
पत्रकार गौतम यस अगाडि प्रेस चौतारी नेपालको केन्द्रिय समितिको तर्फवाट पनि प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवारमा सिफारिस भइसकेका छन् ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको अन्तिम टुंगो एमालेको स्थायी कमिटीको वैठकले लगाउने पार्टी निर्णय छ । स्थायी कमिटीको वैठक यही असोज २७ र २८ गते काठमांडौमा वस्दैछ ।
Previous Article२५ असोज २०७४, ढोरपाटन दैनिक
Next Article ग्यास सिलिन्डर बिस्फोट हुँदा दुईजना गम्भीर घाइते