डिल्लीप्रसाद गौतम
नेपालको राजनीति दशैंको माहौलसँगै तरङ्गित भएको छ । सम्पुर्ण देशबासीहरु बिजयादशमी २०७४ लाई आ–आफ्नो रितिरिवाज र परम्पराअनुसार मनाईरहेका बेला नेपालको राजनीतिले भने फरक मोड लिन पुग्यो । दशैंको मध्य बेलामा आकस्मिक र नाटकीय ढंगले सत्ता पक्ष माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्ष एमालेबीच चुनावी तालमेल तथा गठबन्धनले एका–एक सन्सनी फैलियो । सुन्दा खासै पत्यार नलाग्ने दुई ध्रुवमा बिभाजित र फरक गन्तव्य बोकेका प्रमुख दुई कम्युनिष्ट पार्टिहरु एका–एक गठबन्धन गरेको सुन्दा धेरैलाई अचम्म र अपत्यारो पनि भयो तर खास त्यही नै भएको थियो । नेपालको राजनीतिमा समय–समयमा यस्तै खालका असम्भव मानिएका र पत्याउन गाह्रो हुने खालका घटना क्रमहरु हुने गरेका छन् । र यस पटकको बाम गठबन्धन पनि यसैको घोटक थियो ।
संसारमा बिरलै मात्र हुने गरेको घटनाक्रम यसपटक नेपालमा दोहोरिएको छ । नेपाली कांग्रेससँग सत्ताको साझेदारी गरी सत्तामा रहिरहेको माओबादी केन्द्र पार्टी अहिले प्रमुख प्रतिपक्षसँग आगामी संघ र प्रदेशको चुनावको लागि चुनावि गठबन्धन गरी साझा उम्मेदवार दिने र चुनाव पश्चात पाटी एकीकरण गर्ने गरी गरिएको बाम गठबन्धनले सत्ता पक्ष तथा प्रतिपक्ष एउटै हुनुलाई आफै धामी र बोक्सीपनि आफै भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ । माओबादी केन्द्रको दोहोरो भुमिकाले राजनीतिक बृत्तमा कौतुहलता पैदा गरिदिएको छ । यसरी अप्रत्यासित रुपमा गरिएको बाम गठबन्धनले बाम पन्थीहरुमा नयाँ जोस जाँगर र रौनकता ल्याइदिएको छभने खास गरी मुलुकको प्रमुख राजनीतिक र आफुलाई प्रजातन्त्रको हिमायती ठान्ने सत्तारुढ दल नेपाली कांगैसमा भने केही हतोत्साहित तथा केही असजिलो पन महशुस गराएको छ । अप्रत्यासित रुपमा आएको चुनावी बाम गठबन्धनले राजनीतिक माहोल नै एका–एक तरंगित र हलचल नै मच्चाईदिएको छ । मानौ राजनीतिक क्षेत्रमा करिव–करिव ७ रेक्टर स्केलको भुईंचालो नै गएको छ ।
बाम गठबन्धनसँगै मुलुक एका–एक राजनीतिक ध्रुविकरण उन्मुख भएको छ । वाम तालमेलको घोषणासँग प्रजातान्त्रिक गणबन्धनका पनि प्रयासहरु भैरहेका छन् । खासगरी प्रजातान्त्रिक व्यवस्थाको पहरेदार वाला पार्टि नेपाली काँग्रेसले प्रजातान्त्रिक शक्तिहरुसँग गठबन्धन गर्न केन्द्रिय कार्य समितिको बैठक बाट नै आह्वान पनि गरिसकेको छ र पार्टि सभापति लागयत वरिष्ठ नेताहरुमा जिम्मेवारी सुम्पिको छ । उक्त निर्णयसँगै काँग्रेस पनि विभिन्न दलहरुसँग छलफलमा रहेको र कुनै परणाम भने आइसकेको अवस्था भने छैन । वाम गठबन्धनसँगै स–सना पार्टीहरु पनि एक अर्कासँग गठबन्धन गरेको साझा उम्मेदवार बनाउने कसरतमा लागि रहेको छन् । खासगरि ०६२÷०६३ र त्यस पछिको मधेश आन्दोलनबाट सयौंको संख्यामा दर्ता दल एकिकरण तथा गठबन्धन बताउन तयार हुनुले राजनीतिमा ध्रुविकरणलाई वल पुगेको छ । नेपालको राजनीतिक इतिहास हेर्दा कुनै दल जुट्नु र फुट्नु खासै नयाँ बिषय हैन् । अझै कम्युनिष्ट पार्टिहरु त भरे एउटा दल भो भोली अर्कै दलहुँदै दर्जन भन्दा बढि कम्न्युष्ट पार्टि भएको ठाउँमा जुट्नु फुट्नु कुनै नौलो बिषय थिएन् । तर वर्तमान अवस्थामा दुई शक्तिशाली पार्टि नाटकीय ढंगले चुनावको मुखमा आएर चुनावी गठबन्धन गर्नु र चुनाव चिन्ह सुर्य नै लिएर चुनाव लड्ने बिषयलाई भने आश्चर्य पुर्ण रुपमा हेरिएको छ । राजनीतिक बिश्लेषकहरु यसलाई ०५२ सालको भुमिगत आन्दोलन हुदै २०६२÷०६३ लोकतान्त्रिक आन्दोलन र २०६४ र २०७० को प्रथम र दोस्रो संबिधानसभा अनि स्थानिय निकायको निर्वाचनहुँदै माओवादी केन्द्रको राजनीतिक बिसर्जनाभुति परिभाषित गरिरहेको छ ।
यसरी आँफुलाइ सच्चा कम्युनिष्ट पार्टि र एमालेलाई संसोधन बादी तथा अवसरवादीको मुकुण्डो ओडाउने पार्टि एका–एक एमालेमा बिलय हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । अहिलेको राजनीतिक संक्रमण र स्थिर सरकारको अभावमा देशले राजनीतिक निकास खोजीरहेको बेलामा ठुला पार्टिको एकिकरणले देशमा स्थिर सरकार बन्ने र देश उन्नति र समृद्धिको बाटोमा लम्कीने बिष्लेशण भईरहँदा कतै यो पनि बिष्लेशण भैरहेको छ कि कतै मुलुक एकदलीय कम्न्युष्ट सासन व्यवस्था उन्मुख हुन लागिरहेको त छैन् । खासगरी सत्तारुढ दल नेपाली कांग्रेस र आँफुलाई प्रजातन्त्रको हिमायती ठान्नेदलहरु दुई ठुला कम्युनिष्टहरुको गठबन्धनले सशंकित भएका छन् । खासगरी २०६२÷०६३ को आन्दोलनको बलमा राजा, आन्दोलनरत ठुला दल अनि छिमेकी मित्र राष्ट्र भारतको रोहवरमा संसदिय अभ्यासमा प्रबेश गरेको तत्कालिन युद्धरत माओबादी पार्टि र आफुलाई कम्युनिष्ट ठान्ने जनताको बहुदलीय जनवाद आफ्नो मुख्य राजनीतिक दर्शन बनाएर संसदिय ब्यवस्थामा प्रबेश गरेको एमाले कम्युनष्टि पार्टीको नियतमाथि शंका गरिएको छ । कतै यि मार्टी संसदीय ब्यवस्थालाइ प्रयोग गरेर कम्युनिष्ट ब्यबस्था लागु गर्न अभ्यासरत् त थिएनन् । खासगरी प्रजातन्त्रबादीसँग मिलेर राजा फ्याक्ने र तिनै प्रजातन्त्रवादीको कादमा बन्दुक तेर्साएर कम्युनिष्ट शासन ब्यवस्था स्थापनाको अभ्यास यहि चुनावी गठबन्धन त होईन् । प्रजातन्त्रबादीहरु अहिले उनीहरुको नियतमा शंका गरिरहेका छन् ।
बर्तमान राजनीतिक अवस्थालाई चिरेर जानको लागि दलहरु बीचको एकता अपरिहार्य नै हो । सुरुवात कस्ले गर्ने भन्ने कुरामा बाम गठबन्धनबाट चुनावी तालमेल सुरुवात भएको छ । अहिले संघिय संरचना र दलहरुको संख्यालाई तुलना गर्दा बिना तालमेल चुनावमा जाँदा कुनैपनि दलको बहुमत नआउने र कुनै दलको बहुमत नआउँदा देशले राजनीतिक निकास नपाउने प्रायः निश्चित नै भएको अवस्थामा दलहरुको बीचमा तालमेल हुनु राम्रो पक्षनै मान्नु पर्दछ । फरक यत्ति मात्र हो की तालमेलमा नियत पनि लुकेको हुन सक्छ, त्यो भबिष्यले नै प्रमाणित गर्ने छ । तर वास्तबिकता के हो भने वर्तमान दुई राजनीतिक कम्युनिष्ट पार्टीबीचको एकताले थुप्रै प्रश्न चिन्ह खडा गरेको छ । पछिल्लो तेस्रो चरणको स्थानिय निकायको चुनाव पश्चात एमाले सानो आकारमा खुम्चिनु उसले कम आँकलन गरेका दुई मधेशबादी दल संघिय समाजबादी र भर्खरै मात्र उदयमान राजपाले अनुमानभन्दा बढि सिट ल्याउनु र कांग्रेस पार्टी आफुले सोचेको भन्दा हाफमा सिमित भएपनि एमालेको आँकलन भन्दा बढि आउनु तथा माओबादी केन्द्रपनि एमाले भन्दा अगाडी पुग्नुले एमालेमा पनि हतोत्साहित मनोबृत्तिले काम गर्यो । केपी ओलीको हुङ्कार र दम्भमा ठेस लागे पश्चात चतुर राजनीतिक खेलाडी केपीले माओवादीसँग नयाँ पाशा फ्याके । अझै राजनीतिक बिष्लेशकहरुको भनाईमा यि दुई कम्युनिष्ट पार्टिहरुलाई एक ठाउँमा ल्याउन छिमेकी राष्ट्र चिनको पनि महत्वपुर्ण योगदान रहयो । एमालेले मधेशमा आफु कमजोर भएको महशुस गरीरहेको अवस्थामा माओबादी केन्द्रको पकड दरिलो देखेर आगामी संघ र प्रदेशको चुनावमा माओबादीसँग मिलेर जाँदा आफुलाइ सहज हुने र मधेशबादी दल र कांग्रेसलाई पनि ठेगान लगाउन सकिने निष्कर्शका साथ यो गठबन्धन निमार्ण भएको देखीन्छ । जे होस नियत जे–जस्तो भएपनि बाम गठबन्धन तथा प्रजातान्त्रिक गठबन्धन बनाएर चुनावमा जाँदा राजनीतिक ध्रुबिकरण त पक्कै हुने भयो देशले स्थायी सरकार प्राप्त गरी राजनितिक निकास प्राप्त गर्ने संभावना प्रवल रुपमा देखीन्छ । यसरी चुनावी गठवन्धन बनिरहँदा कोही कसैप्रति लक्षित नभै र कसैलाई निषेध गर्नभन्दा देश र जनताको पक्षमा हुनु आवस्यक छ
। यदि यो गठबन्धन केवल चुनावी रणनितिको रुपमा देश र जनताको भावना बिपरित हुनेछ । यदि यो गठबन्धन देश र जनताकै पक्षमा हो भने दुइ कम्न्युष्ट पार्टीको एकताले दलहरुको संगठनमा आफै टेवा पुग्ने र छरिएर रहेका पार्टीहरु एकीकृत भै उनीहरुलाई पनि राजनीतिक उपलव्धि हासिल हुनेमा कुनै दुई मत नहोला । यसरी दलहरुमा चुनावी गठबन्धन भै देशको राजनीति दुई धारमा अगाडी बढिरहेको छ । यसले मुर्त रुप प्राप्त गरोस्, फरक बिचार फरक गन्तव्य भएका दलहरु पनि सँग–सँगै एउटै मालामा एकताबद्ध होउन यहि शुभकामना ।।