देश विकासको चुलीमा पुगेको राजनीतिक भाषणहरु चोक चोकमा हुने गरेका भएपनि हामीले सोचेको जस्तो अवस्थामा हाम्रो समुदाय पुगिसकेको छैन् । शैक्षिक चेतनाको कमजोर उपस्थितिका कारण आज पनि देशका कुना–कन्दरामा शिक्षा, स्वास्थ्य, अर्थ र राजनीतिबारे नागरिकहरु बेखबर जस्तै छन् । सामान्यतयाः सहर बजारमा चेतनाको विकासले गति लिएको भएपनि गाउँघरका कुना– कन्दरामा त्यसको असर नगन्य रुपमा पाइन्छ । प्राप्त जनचेतनाको अभावमा विकासका अन्य सूचकहरुमा जस्तै आर्थिक कारोवारको पाटोमा पनि हाम्रो समुदाय कमजोर छ । हिजो पटुकीमा च्यापेर मुद्राको कारोबार गर्नेहरु अझैपनि पटुकीकै साहरामा छन् । थैलीमा पैसा जम्मा गरेर बर्षभरिको खर्च चलाउनेहरुको अझैपनि बानी र व्यवहारमा भने परिवर्तन आएको छैन् । देशले बिभिन्न कालखण्डमा बिभिन्न खालका परिर्वतनहरु गर्यो । परिवर्तनसंगै सत्तामा पुग्नेहरुले चहकिला नारा बनाएर बिभिन्न खालका कार्यक्रमहरु ल्याए तर त्यसको प्रभाव पनि सुबिधामुखी नै भएको पाइयो । विकासको गतिसंगै आएका चहकिला नाराको नमुनाको रुपमा हेर्ने होभने ‘गाउँ–गाउँमा सहकारी घर–घरमा भकारी’ नारा लिएर माओवादी नेतृत्वको सरकार आयो ।
यो सरकारले ल्याएको नाराको मुल मर्म थियो दुरदराजका नागरिकहरुलाई आर्थिक रुपमा राज्यको मुल प्रवाहमा ल्याउने तर नतिजा त्यस्तो आएन । पहुँच र स्रोत साधनले सम्पन्न भु–भागका नागरिकले मात्रै यो नाराअनुसारको स्वाद चाख्न पाए तर विकासका सबैखाले पुर्वाधारबाट टाढा रहेका नागरिकले भने यस्तो नारा लिएर आएको कार्यक्रमको बारेमा खवर समेत पाएनन् । बर्तमान परिस्थितिलाई नियालेर हेर्दा गरिबी निवारणको गतिलो बाटोका रुपमा लिईएको सहकारीलाई हेर्ने होभने पनि सहरबजारका सहकारी र गाउँका सहकारी तुलना गर्न योग्य रहेनन् । पहुँचवालाका सहकारीहरुले शेयर पुँजिदेखी कारोवारसम्म नेपालका बाणिज्य बैंकहरुले सरह गरेका छन्भनेृ जनतन खुलेका खाउँका सहकारीहरु खारेजीको पहिलो लिष्टमा पर्न आउने गरेका छन् ।
हामीलाई चाहिएको क्षणिक विकास होइन दिर्घकालीन बिकास हो । यसका लागि आर्थिक कारोवार गतिशिल हुन जरुरी छ । साना पुँजिहरुलाई पटुकीको कुनामा राखेर अनि नफुस्किने थैलीमा बाँधेर आर्थिक कारोवार गतिशिल बन्न सक्दैनन् । राज्यले तोकेको मापदण्डमा रहेर साना पुँजिलाई एकीकृत गर्दै पुँजि निर्माण तथा लगानीको वातावरण सृजना गर्नमा सहकारी संस्थाहरु लाग्न जरुरी छ । सहरी संस्थाले मात्रै गति दिएको अर्थतन्त्रले हामीले चाहेको जस्तो गति नलिन सक्छ । यसको लागि आवस्यक बैंक तथा बित्तिय संस्थाको बिस्तारमा सरकारले ध्यान दिन जरुरी छ । हाम्रा कुना–कन्दरामा साना पुँजिहरु छन् । साना पुँजिलाई एकीकृत गर्दै ठुलो पुँजिको निर्माण गरेर आय–आर्जन मुलक क्षेत्रमा लगानी गर्ने भनेको बैंक तथा बित्तिय संस्थाले नै भएकाले अब राज्य गम्भिर भएर नयाँ संरचना अनुसारका स्थानिय निकायमा बैंक तथा बित्तिय संस्थाको बिस्तारमा लाग्नु पर्छ ।
‘एक गाउँ तथा नगरपालिका’ बराबर एक बैंक तथा बित्तिय संस्थाको ब्यबस्था गर्न सकेमा मात्रै देशका कुना कन्दरासम्म हुने आर्थिक गतिबिधिको बारेमा राज्यले जानकारी संकलन गर्न सक्ने छभने सर्वसाधारण बिना त्रास आफ्ना आर्थिक कारोवारलाई गतिशिल बनाउन सक्नेछन् । समयअनुकुल निर्माण हुने नीति तथा नियमहरु कागजी मात्रै हैन व्यवहारिकक पनि बनाउँदै लैजान जरुरी छ ।
Previous Articleएमालेले बनायो निर्वाचन परिचालन कमिटी
Next Article मोनाको महाधिवेशन शुरु