बागलुङ, २४ असोज – मंसिरमा हुन गइरहेको संघिय संसद (प्रतिनिधीसभा)को निर्वाचनका लागि बागलुङका पत्रकार हरिनारायण गौतम प्रेस चौतारी नेपालकोतर्फबाट पनि उम्मेदवार सिफारिस भएका छन । प्रेस चौतारीको सोमवार समपन्न केन्द्रिय सचिवालयको वैठकले पत्रकार गौतमलाई प्रतिनिधीसभाको लागि समानुपातिकतर्फ उम्मेदवार बनाउन पार्टी स्थायी समितिमा सिफारिस गरेको हो ।
चौतारीको सचिवालय वैठकले चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेत सहित पत्रकार हरिनारायण गौतमलाई समानुपातिकतर्फ उम्मेदवार वनाउन पार्टी केन्द्रमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको चौतारीका उपाध्यक्ष गणेश पाण्डेले वताए । उपाध्यक्ष पाण्डेलाई प्रदेश नं. ४ मा समाुनपातिकतर्फ उम्मेदार बनाउन पनि सिफारिस गरेको छ ।
पत्रकार गौतमलाई यस अगाडि नेकपा एमाले जिल्ला कमिटी बागलुङको पूर्ण वैठकले पनि समानुपातिक तर्फ उम्मेदवार बनाउन सर्वसम्मतीमा सिफारिस गरेको थियो । ढोरपाटन दैनिकका सम्पादक गौतम नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक पनि हुन् ।
विद्यालयदेखि नै अनेरास्ववियुको राजनीति गर्दै आएका गौतम अखिलको जिल्ला, अञ्चल अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत भएर विद्यार्थी राजनीतिको कार्यभार सम्हालेका थिए । नेकपा एमाले बागलुङ जिल्ला कमिटीमा करिव ११ बर्ष काम गरेका गौतम महासंघको केन्द्रिय सदस्य हुनुपूर्व एमाले केन्द्रिय प्रचार विभागको सदस्य थिए ।
प्रेस चौतारीबाट पनि सिफारिस भए पत्रकार गौतम
Previous Articleपत्रकार महासङ्घको नयाँ नेतृत्व र दायित्व
Next Article पक्रिए भागेका अभियुक्त