नागरिकको स्वास्थ्यसँग सरोकार राख्ने स्वास्थ्य बिमा कार्यक्रम थप जिल्लामा लागू हुने भएको छ । पहिलोपटक बागलुङ, कैलाली र ईलाममा शुरु भएको यो कार्यक्रम देशभर पु¥याउने लक्ष्य राज्यले लिएको छ । पहिलो चरणमा लागू भैसकेका जिल्लामा बिमा कार्यक्रमले प्रारम्भिक काम शुरु गरिसकेको छभने दोश्रो चरण पनि संचालनको तयारीमा छ । सबै जिल्लामा लैजाने योजनालाई क्रमशः लगेको सरकार छिट्टै आशा गर्न सकिन्छ । सानो रकमको सहभागिताले गम्भीर प्रकृतिका रोगहरुसँग लड्न सकिने र राज्यले ५० हजार रुपैयाँ बराबरको उपचार सेवा दिने काम आँफैमा राम्रो काम हो । यो अभियानले धेरैको स्वास्थ्य अवस्थामा सुधार हुने र सानो खर्चमै ठूलो उपचार संभव हुनेछ । केही व्यक्तिले बिमा कार्यक्रमबाट राम्रो लाभ लिएको उदाहरण पनि छ । संविधानले आमनेपालीको शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा लिएकोले उपचार लगायतको जिम्मा पनि राज्यले लिनुपर्छ भन्ने परिचर्चा शुरु भएको छ ।
यसै सन्दर्भलाई लिएर बिमा कार्यक्रम प्रभावकारी बनाउन राज्यले सक्रियता लिएको देखिन्छ । मौलिक हक भएकोले यो अभियानलाई सबै नागरिक समक्ष पु¥याउन सकेको खण्डमा राज्यसँग पनि साधन र श्रोत पुग्ने र त्यसबाटै उपचार सेवा दिन सक्ने देखिन्छ । तर यसको उचित प्रचारप्रसार र प्रभावकारिताको बारेमा आम नागरिक समक्ष सूचना पु¥याउने काम अझै जटिल छ । शिक्षा र चेतनाको अभावमा पिल्सिएका लाखौं नेपालीलाई यसको महत्व बुझाउने काम चुनौतीपूर्ण छ । स्वास्थ्य बिमा सर्वसुलभ बनाउने काममा राज्यले अझै प्रभावकारी कार्यक्रम ल्याउनु पर्छ । अहिले ऐच्छिक काम जस्तो भएकोले हरेक नागरिक अनिवार्य सेवामा प्रवेश पाउने व्यवस्था मिलाउन जरुरी छ । अहिले गाउँको स्वास्थ्य चौकी देखि केन्द्रीय अस्पताल सम्म उपचार गराईने भनेपनि तोकिएका स्थान मात्र छन् । ती स्थान मात्र नभएर जुनसुकै अस्पताल र स्वास्थ्य संस्थामा बिरामी पुगेर उपचार सेवा पाउने व्यवस्था मिलाउने काममा पहिलो प्राथमिकता दिनुपर्छ । यो काममा अहिले स्वयंसेवक जस्तो केही परिचालक परिचालन गरिएको छ ।
तर अवका दिनमा सबै कर्मचारी तथा राज्यको ढुकुटीबाट तलब खानेलाई यो अभियानको प्रचार प्रसार गर्न र सबै नागरिकलाई बिमाको मापदण्डमा ल्याउन पहल गर्न लगाउनु पर्छ । उनीहरुले पनि बिमा गरेर सरकारी अभियानमा सामेल बन्नुपर्छ । स्वास्थ्य मन्त्रालयका अनुसार असोजदेखि केही जिल्लामा यो कार्यक्रम थपिएको छ । यो अभियानलाई छिटै देशव्यापी बनाउन जरुरी छ । कतै बिमा हुने, कतै नहुने भएपछि कार्यक्रम प्रभावकारी भएको छैन । बिमा भएका नागरिकको कोड नम्बर राखेर जहाँबाट पनि सजिलै खोज्न सकिने माध्यम बनाउनु पर्छ किनकी बिरामी पर्दा पट्टा बोकेर जाने संभावना हुँदैन । कहाँ कतिबेला बिरामी पर्छ भन्ने थाहा नहुने भएकोले निश्चित नम्बर मार्फत सबैले थाहा पाउने र सहज उपचार पाउने व्यवस्था नभएमा बिमा कार्यक्रम प्रभावकारी बन्न सक्दैन । साथै सबैलाई यो अभियानप्रति विश्वास पनि पलाउन सक्दैन ।