बागलुङ, २२ असोज -मंसिरमा हुने संघियसभा (प्रतिनिधीसभा) र प्रदेशसभाको निर्वाचनका लागि सम्पर्क कमिटीको तर्फबाट पर्वतका एमाले नेता विजय गुरुङ र बागलुङका एमाले नेता राजेन्द्र खड्का सिफारिस भएका छन् ।
नेकपा एमाले प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नं. ४ को वैठकले एमालेका केन्द्रिय सदस्य तथा सम्पर्कका सहइन्चार्ज विजय गुरुङ र सम्पर्क समन्वय कमिटीका सदस्य राजेन्द्र खड्का सहित ६ जनालाई समानुपातिक तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
प्रदेशसभाको समानुपातिकतर्फ बागलुङका खड्का सहित तनहुँका रामकला पौडेल र कास्कीका कल्पना थापालाई र संघियसभातर्फ पर्वतका विजय गुरुङ, मुस्ताङका ववी शेरचन र मनाङका शान्तमाया परियारलाई सिफारिस गरेको बागलुङ काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण जिसीले वताए ।
नेकपा एमाले केन्द्रले संघियसभा र प्रदेशसभाका लागि कम्तीमा दुई महिला सहित ६ जनालाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गर्न निर्देशन दिएपछि ४ नं. प्रदेश संगठन कमिटीले चार महिला सहित छ जनालाई सिफारिस गरेको हो ।
प्रदेश संगठन कमिटीका संयोजक लिला शेरचन भने भूगोल अन्तरगत बागलुङको निर्वाचन क्षेत्र नं. २ ‘ख’ बाट प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन । शेरचनलाई प्रदेश निर्वाचन क्षेत्र कमिटी र जिल्ला कमिटीले सिफारिस गरेको हो ।
सम्पर्कबाट पर्वतका गुरुङ र बागलुङका खड्का सिफारिस
Previous Articleस्वास्थ्य बिमा बिस्तार हुदै
Next Article सन् १९५० को सन्धि परिवर्तन गर्न सकारात्मक